सरकारले आर्थिक संकट भयावह बनाएको एमालेको आरोप, बजेट प्रतिस्थापनका कारण देश सङ्कटमा फँसेको टिप्पणी (भिडियोसहित) « Khabarhub

सरकारले आर्थिक संकट भयावह बनाएको एमालेको आरोप, बजेट प्रतिस्थापनका कारण देश सङ्कटमा फँसेको टिप्पणी (भिडियोसहित)


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख विपक्षी दल नेकपा एमालेले आफ्नो सरकारले ल्याएको बजेटलाई असफल पार्न ल्याइएको प्रतिस्थापन विधेयकका कारण नेपालको आर्थिक अवस्था संकटोन्मुख बनेको आरोप लगाएको छ।

नेपालको आर्थिक अवस्था र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि उत्पन्न अवस्थाबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको बिग्रँदो अवस्थामा सार्थक हस्तक्षेप नगर्ने हो भने नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्न नसक्ने चेतावनी दिए। उनले देशको आर्थिक अवस्था संकटोन्मुख अवस्थामा गइरहेको र सार्थक हस्तक्षेप नगरे नेपाल श्रीलङ्काको अवस्थामा पुग्ने दाबी गरे।

पत्रकार सम्मेलनमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले ब्यापार घाटामा छलाङ मारेको, हुण्डीको कारोबार मौलाएको, आयात अनियन्त्रित रुपमा बढाएको, मूल्यवृद्धि बढाएको, तरलता बढाएको र बैंकको ब्याजदर बढाएको, आस्थाका आधारमा कर्मचारीलाई सरुवा बढुवा गरेको आरोप लगाए। पौडेलले सरकारकै नीतिका कारण अर्थनीति र वित्त प्रणालीमा अस्थिरता आएको ल्याएको बताए। उनले यही आर्थिक वर्षको अन्त्यसम्म आयात नै २२ खर्ब पुग्ने तर त्यसले कुनै उत्पादनमूलक क्षेत्रमा लगानी हुने भएकाले अर्को आर्थिक संकट

एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारकै नीतिका कारण अर्थतन्त्र संकटग्रस्त बनेको बताए। नेपालमा विदेशी सञ्चिति घटेर ६ महिनामा पुगेपनि छोकडा, मरीच, सुपारी, मरीच, ड्रोन नेपालमा उपयोग नहुने सामाग्री मगाउन स्वीकृत दिएर जानाजान आर्थिक संकट निम्त्याउँन लागेको बताए। पाण्डेले नेपालको ढुकुटीमै जम्मा ३३ अर्ब रहेको बताउँदै तत्कालै खर्च रोक्न नसके देश नै कंगाल हुनसक्ने बताए। उनले आर्थिक संकट परिरहेका बेला गभर्नर बर्खास्त गरेर आर्थिक संकट शुरु गर्न खोजेको बताए। उपाध्यक्ष पाण्डेले अर्थमन्त्रीले पत्राचार गर्नु नै अपराध भएको भन्दै पक्राउ पर्नुपर्ने बताए। पाण्डेले सरकारले दुर्घटनातिर लगेको बताए।

एमालेले सरकारबाट बाहिरिएपछि गठबन्धन सरकारले अर्थतन्त्र तहसनहस पारेको भन्दै मुलुकलाई टाट पल्टिने अवस्थाबाट जोगाउँन सबैले पहल गर्नुपर्ने बताए। पूर्वअर्थमन्त्री युवराज खतिवडाले देशको आर्थिक अवस्था गम्भीर सङ्कटमा फस्दै गएपनि नीतिगत सुधारभन्दा बिगार्नमा उद्यत रहेको बताए। उनले राष्ट्रबैंकमाथि हस्तक्षेप गरी थप अस्थिरता श्रृजना गरेको बताए।

त्यस्तै एमालेले गभर्नर अधिकारीको निलम्बन तत्काल फिर्ता लिन सरकारसंग आग्रह गरेको छ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १ : ५९ बजे

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

बागलुङ– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक

हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलले गर्‍यो बेरुतमा बमबारी

काठमाडौं – इजरायलको उत्तरी क्षेत्र हाइफा नजिकै रहेको सैन्य अखडामा

‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा

काठमाडौं – चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म

भारत सरकारबाट नेपाललाई ३० थान ‘वान टन’ सवारी हस्तान्तरण

वीरगञ्ज– भारत सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाललाई ३०

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यही फागुन १६ गते