सरकारले आर्थिक संकट भयावह बनाएको एमालेको आरोप, बजेट प्रतिस्थापनका कारण देश सङ्कटमा फँसेको टिप्पणी (भिडियोसहित) « Khabarhub

सरकारले आर्थिक संकट भयावह बनाएको एमालेको आरोप, बजेट प्रतिस्थापनका कारण देश सङ्कटमा फँसेको टिप्पणी (भिडियोसहित)


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख विपक्षी दल नेकपा एमालेले आफ्नो सरकारले ल्याएको बजेटलाई असफल पार्न ल्याइएको प्रतिस्थापन विधेयकका कारण नेपालको आर्थिक अवस्था संकटोन्मुख बनेको आरोप लगाएको छ।

नेपालको आर्थिक अवस्था र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि उत्पन्न अवस्थाबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको बिग्रँदो अवस्थामा सार्थक हस्तक्षेप नगर्ने हो भने नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्न नसक्ने चेतावनी दिए। उनले देशको आर्थिक अवस्था संकटोन्मुख अवस्थामा गइरहेको र सार्थक हस्तक्षेप नगरे नेपाल श्रीलङ्काको अवस्थामा पुग्ने दाबी गरे।

पत्रकार सम्मेलनमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले ब्यापार घाटामा छलाङ मारेको, हुण्डीको कारोबार मौलाएको, आयात अनियन्त्रित रुपमा बढाएको, मूल्यवृद्धि बढाएको, तरलता बढाएको र बैंकको ब्याजदर बढाएको, आस्थाका आधारमा कर्मचारीलाई सरुवा बढुवा गरेको आरोप लगाए। पौडेलले सरकारकै नीतिका कारण अर्थनीति र वित्त प्रणालीमा अस्थिरता आएको ल्याएको बताए। उनले यही आर्थिक वर्षको अन्त्यसम्म आयात नै २२ खर्ब पुग्ने तर त्यसले कुनै उत्पादनमूलक क्षेत्रमा लगानी हुने भएकाले अर्को आर्थिक संकट

एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारकै नीतिका कारण अर्थतन्त्र संकटग्रस्त बनेको बताए। नेपालमा विदेशी सञ्चिति घटेर ६ महिनामा पुगेपनि छोकडा, मरीच, सुपारी, मरीच, ड्रोन नेपालमा उपयोग नहुने सामाग्री मगाउन स्वीकृत दिएर जानाजान आर्थिक संकट निम्त्याउँन लागेको बताए। पाण्डेले नेपालको ढुकुटीमै जम्मा ३३ अर्ब रहेको बताउँदै तत्कालै खर्च रोक्न नसके देश नै कंगाल हुनसक्ने बताए। उनले आर्थिक संकट परिरहेका बेला गभर्नर बर्खास्त गरेर आर्थिक संकट शुरु गर्न खोजेको बताए। उपाध्यक्ष पाण्डेले अर्थमन्त्रीले पत्राचार गर्नु नै अपराध भएको भन्दै पक्राउ पर्नुपर्ने बताए। पाण्डेले सरकारले दुर्घटनातिर लगेको बताए।

एमालेले सरकारबाट बाहिरिएपछि गठबन्धन सरकारले अर्थतन्त्र तहसनहस पारेको भन्दै मुलुकलाई टाट पल्टिने अवस्थाबाट जोगाउँन सबैले पहल गर्नुपर्ने बताए। पूर्वअर्थमन्त्री युवराज खतिवडाले देशको आर्थिक अवस्था गम्भीर सङ्कटमा फस्दै गएपनि नीतिगत सुधारभन्दा बिगार्नमा उद्यत रहेको बताए। उनले राष्ट्रबैंकमाथि हस्तक्षेप गरी थप अस्थिरता श्रृजना गरेको बताए।

त्यस्तै एमालेले गभर्नर अधिकारीको निलम्बन तत्काल फिर्ता लिन सरकारसंग आग्रह गरेको छ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै