नयाँ प्रधानमन्त्री चयनका लागि पाकिस्तानी संसद्‍मा सोमबार मतदान हुने « Khabarhub

नयाँ प्रधानमन्त्री चयनका लागि पाकिस्तानी संसद्‍मा सोमबार मतदान हुने


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ प्रधानमन्त्री चयनका लागि पाकिस्तानी संसद्‍मा सोमबार मतदान हुने भएको छ । पाकिस्तानी सञ्चारमाध्यमले जनाएअनुसार आइतबार नयाँ प्रधानमन्त्रीको मनोनयन हुनेछ भने सोमबार मतदान हुनेछ ।

राष्ट्रिय सभाका अध्यक्ष अयाज सादिकलाई उद्धृत गर्दै डन अखबारले नयाँ प्रधानमन्त्रीका लागि आज आइतबार दिउँसो २ बजेसम्म मनोनयनपत्र पेस गरिने र दिउँसो ३ बजेसम्म मनोनयन उपर छानबिन हुने जनाएको छ ।

उनले सोमबार बिहान ११ बजे संसद् अधिवेशन आह्वान गर्दै त्यसपछि नयाँ प्रधानमन्त्री चयन गरिने बताए ।

पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल– एन) का अध्यक्ष तथा निवर्तमान विपक्षी नेता शहबाज शरिफ आगामी प्रधानमन्त्री बन्ने  निश्चित प्रायः रहेको बताइएको छ ।

यसअघि शनिबार अबेर संसद्ले प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेसँगै उनी पदमुक्त भएका थिए ।

कूल ३४२ सदस्यीय सदनमा अविश्वास प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  २ : २० बजे

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन

जुम्ला– मालपोत कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा

शैक्षिक सत्र सुरु नहुँदै भर्ना नलिन मन्त्रालयको निर्देशन, अटेरी गरे कारबाही गर्ने चेतावनी 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले