पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल « Khabarhub

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार क्रमशः हुँदै जाने बताएका छन्।

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षणपछि मंगलबार आयोजित कार्यक्रममा उनले पहिलो वर्ष प्राथमिकताका आधारमा शिक्षा र स्वास्थ्यमा सरकारले लगानी गर्ने बताए ।

मन्त्री पोखरेलले विगतमा पहुँच कम भएका विद्यालय’विश्वविद्यालयलाई बढी प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताए । उनले भने, ‘आगामी पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार गर्दै जानेछौँ । पहुँच कम भएका क्षेत्रमा लगानी र अनुदान पनि बढाइने छ ।’

देशभर शिक्षा क्षेत्रको सुधारका लागि काम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री पोखरेलले सरकारले प्राथमिकतामा राखेका विषयलाई ध्यान दिएर काम गर्न विश्वविद्यालयका पदाधिकारी र कर्मचारीहरूलाई निर्देशन दिए ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ५ : २१ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष