‘ए मेरो हजुर ४’ को टिकेट बिक्री खुला « Khabarhub

‘ए मेरो हजुर ४’ को टिकेट बिक्री खुला


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आउँदो १ वैशाखबाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ४’ को शो खुलेको छ ।

मल्टिप्लेक्समा शो खुलेसँगै टिकेट बिक्री पनि सुरु भएको छ । नेपाली कुनै फिल्मको शो साता दिन पहिला खुलेको सम्भवतः पहिलो हो । प्रायः रिलिजको दुई वा तीन दिन अगाडि टिकेट बिक्री गरिने भए पनि फिल्मको लोकप्रियतालाई ध्यानमा राख्दै एक साताअगावै टिकेट बिक्री नै खोलिएको हो ।

नयाँ वर्षमै प्रदर्शन भएको ‘ए मेरो हजुर ३’ ले राम्रो व्यापार गरेका कारण पनि यसले गर्ने व्यापार राम्रो हुने अनुमान गरिएको छ । 

निर्माता सुनिलकुमार थापाले आफ्नो अघिल्लो सिरिजहरूको तुलनामा कथ्य शैलीसँगै मेकिङमा पनि स्तरीयता बढेको बताए । ‘हामीले फिल्म बनाउँदै अगाडि बढ्दै गर्दा स्तरीयता पनि बढेको छ । हामीले दर्शकको समय र पैसाको महत्व बुझेका छौँ,’ उनले भने । उनले फिल्म हेर्न हलसम्म आउने दर्शकलाई फिल्मले निराश नबनाउने दाबी गरे । अभिनेता अनमोल केसीले पनि फिल्मको टिकेट खुल्ला भइसकेको हुँदा आफूलाई पायक परेको समयमा फिल्म हेर्न सकिने बताए । ‘फिल्मको शो खुलिसकेको छ । टिकेट खरिद गर्न सकिन्छ । आफ्नो समयानुकूल फिल्म हेर्न सक्नुहुनेछ,’ अनमोलले भने ।

निर्देशक झरना थापाले स्तरीय फिल्म बनाउने कोसिस गरेकाले हेरेर प्रतिक्रिया दिन दर्शकलाई आग्रह गरिन् । ‘हामीले के कस्तो काम गर्यौं भनेर मूल्यांकन गरिदिने दर्शक हुन् । सल्लाह, सुझाव र हौसलाको सदैव अपेक्षा रहने छ,’ निर्देशक थापाले भनिन् । उनले नेपाली फिल्मलाई विश्वका फिल्ममाझ प्रतिस्पर्धा गराउने स्तरको बनाउन दर्शकको साथ उत्तिकै महत्वपूर्ण रहेको बताइन् ।

यसै सिरिजबाट अभिनेत्री बनेकी सुहाना थापाले पनि फिल्म युवाको कथा बन्ने बताइन । युवाको आकर्षण र प्रेमको कथा फिल्मले भन्छ उनले भनिन् । फिल्ममा अनमोल र सुहाना थापासँगै सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय छ । फिल्ममा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी छ । नेपाली फिल्म ‘ए मेरो हजुर ४’ सँगै प्रदर्शनमा आउने विदेशी फिल्मको पनि शो खुलेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ३ : ३८ बजे

महाधिवेशनमा गुट चलाएकी पूर्वराष्ट्रपति विद्या निर्वाचनमा मौन

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादवी भण्डारी चुनावको मुखमा

इटलीविरुद्ध नेपालले गुमायो तेस्रो विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गतको बिहीबारको खेलमा इटलीविरुद्ध नेपालले

नेपाल-इटालीको खेल : तीनकुनेमा कुमा सागरको सांगीतिक कार्यक्रम

काठमाडौं–  मुम्बइस्थित वाङ्खडे स्टेडियममा नेपालको खेल र इटालीको हुनु अगाडि

आगामी संसद्‌मा राप्रपालाई निर्णायक शक्तिका रूपमा स्थापित गर्नुपर्छ : अध्यक्ष लिङ्देन

झापा–  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख– यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर