फेरि पेभेलियनतर्फ « Khabarhub

फेरि पेभेलियनतर्फ


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

(आइतबार प्रकाशित डन अखबारको सम्पादकीय)

गएराति एक समय यस्तो लाग्दै थियो कि पाकिस्तानी राज्यसंयन्त्रका सबै स्तम्भहरू एक आपसमा भयानक टकराव तर्फ अघि बढ्दैछन् । राज्यका शीर्षस्थ संयन्त्रमा बिपत्तीले छोपिहाल्ने जस्तो अवस्था थियो ।आफ्नो बहिर्गमन निश्चितप्रायः रहेपनि इमरान खान न्यायपालिका र सेनाका प्रमुख अनि पूरै संसद्लाई ‘अन्तिम बलसम्म खेल्न’ बाध्य बनाउँदै सामान्य संसदीय प्रक्रियालाई तमासा बनाउन तयार थिए ।

अन्ततः घडीले शनिबारको दिनलाई बिदा गर्दै गर्दा बल्ल विपक्षीले आफ्नो कदम चाल्ने मौका पाए भने उनी पद गुमाउन बाध्य भए । र, रातको अँध्यारोमा पाकिस्तानी संविधान दिवसको शुरुका केही घण्टाहरुमा पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) को सरकार ठूलो गर्जन नभई सानो सुस्केराका साथ ढल्यो ।

सन् २०१८ मा सबैभन्दा ठूलो पार्टी बनेर उदाएको पीटीआईले दुर्गन्धित पाकिस्तानी राजनीतिमा ताजा हावा बन्ने बाचा गरेको थियो ।

राजनीतिक इन्जिनियरिङ र त्रुटिपूर्ण मत प्रसारण प्रणालीले पीटीआईको जितको वैधतालाई घटाएपनि पाकिस्तानी जनता यस पार्टीलाई मौका दिन तयार थिए । तर, आफ्ना उच्च आदर्शलाई पूरा गर्न पार्टी छोटो समयमा नै असफल देखियो ।

सामान्य बहुमत हासिल गर्न असफल भएपछि संघीय सरकारमा दाबी गर्न यो पार्टीले गैर लोकतान्त्रिक शक्तिहरुसँग समेत सम्झौता गर्न पुग्यो ।

जिम्मेवारीमा रहँदा प्राप्त हुने उपलब्धीले यस्ता सम्झौताको भर्पाई गर्ने पार्टीका नेताहरूको अपेक्षा थियो भने उनीहरूको अनुभवहीनताका कारण यो अपेक्षा सफल हुन सकेन । एक वर्ष नबित्दै प्रधानमन्त्री आफ्नो मन्त्रिपरिषद् हेरफेरमा लागे ।

के दुर्भाग्यपूर्ण छ भने आफ्ना असफलताको आत्मसमीक्षाआत्मआलोचना गर्नुको सट्टा पीटीआईले विपक्षीतर्फ खनिन उचित ठान्यो । यस्तो रणनीतिले पार्टीबाट परिवर्तनको अपेक्षा गरेका धेरैको मन खिन्न भयो ।

त्यसैगरी मुलुकका महत्वपूर्ण निर्णायक क्षेत्रमा ‘मार्गदर्शन’ लिन यो पार्टी पाकिस्तानी संस्थापनसँग धेरै निर्भर हुन पुग्यो । यो त्यसबेला घातक सिद्ध भयो जतिबेला संस्थापनले सरकारलाई समर्थन नगर्ने निर्णय गर्यो ।

अनुभवहीनता सरकारका लागि बर्बादीको कारण बनेपनि पीटीआईले केही महत्वपूर्ण उपलब्धि हासिल भने गर्न सफल रह्यो । कोभिड महामारीको सफल व्यवस्थापन, बहुआयामिक ‘एहसास कार्यक्रम’ र नयाँ जनस्वास्थ्य बीमा कार्यक्रमले धेरै पाकिस्तानी नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सफल भयो ।

यसैका कारण धेरैले पूर्व प्रधानमन्त्रीलाई सम्झिनेछन् । त्यसैले इमरान खानको समय सकिएपनि उनलाई बेवास्ता गर्नु उपयुक्त हुँदैन । विपक्षमा रहँदा उनी जहिल्यै खरो थिए– लडाकुजस्तो जो आफ्नो उद्देश्यप्रति पूर्ण एकाग्र छ ।

उनको कडा उत्साह र दिव्य अभियानको चेतानाले उनलाई पाकिस्तानी राजनीतिमा मजबुत शक्तिको रुपमा उभ्याएको छ । उनको अर्को अवतार अहिलेजस्तो क्रुर दुर्जनजस्तो नहोस् भनेर अपेक्षा गर्न सकिन्छ ।

वास्तविक नेताको काम देशलाई विभाजन गर्ने वक्तव्य दिनु र हानीकारक राजनीतिले देशलाई विषक्त बनाउनु नभइ देशलाई एकताबद्ध बनाउनु हो । उनले बुझ्न जरुरी छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ३ : ३६ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक