‘महापुरुष’ निर्देशन गर्दै प्रदीप भट्टराई « Khabarhub

‘महापुरुष’ निर्देशन गर्दै प्रदीप भट्टराई


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जात्रा सिरिजमार्फत आफ्नो निर्देशकीय क्षमतालाई प्रस्ट्याइसकेका निर्देशक प्रदीप भट्टराई नयाँ फिल्म ‘महापुरुष’ को तयारीमा जुटेका छन् ।

वैशाखबाट फिल्मको छायांकन गर्ने तयारीमा रहेका भट्टराईले स्क्रिप्टको काम लगभग सकिएको बताए । जात्रामार्फत निर्देशनमा डेब्यु गरेका भट्टराईले त्यसपछि निर्देशन गरेका शत्रु गते र जात्रैजात्रालाई पनि दर्शकले रुचाइ सकेका छन् ।

‘डेब्यु फिल्ममार्फत नै पाइरहेको सफलताले ममाथि जिम्मेवारी थपिएको छ । सफलता त व्यावसायिकता भयो नै मैंले दर्शकमाझ बनाएको विश्वासलाई गुमाउनु छैन । बढाउनुपर्ने छ,’ निर्देशक भट्टराईले भने । उनले यसपटक जात्रा सिरिज भन्दा बाहिरको ‘महापुरुष’ टाइटलमा फिल्म गर्दैछन् ।

प्रदीपले निर्देशन गर्ने फिल्मलाई रवीन्द्रसिंह बानियाँ र दीपेश खत्रीको षट्कोण आर्ट्सले निर्माण गर्ने भएको हो । महजोडी अर्थात् वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका फिल्ममा रवीन्द्रसिंह बानियाँ, कविता सुवेदी र प्रशान्त श्रेष्ठको समेत अभिनय हुनेछ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ६ : ४५ बजे

सुरक्षित मातृत्वमा फड्को मार्दै बाँकेको नरैनापुर

बाँके– बाँकेको दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुर गाउँपालिकाले सुरक्षित मातृत्वको

जुटखेतीतर्फ किसानको आकर्षण

सुनसरी– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा

मकवानपुर दुर्घटनामा घाइते न्यायाधीश डाँगीसहित चार जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

काठमाडौँ – मकवानपुरको भीमफेदीमा सवारी दुर्घटनामा परी घाइते भएका उच्च

बीपी राजमार्ग चौडा पार्न डीपीआर तयार

काभ्रे– बीपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पहिलोपटक पीएचडी सुरु

पोखरा – पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पहिलोपटक विद्यावारिधि (पीएचडी) तहको पठनपाठन