पाकिस्तानमा नयाँ प्रधानमन्त्री बन्न दुई मनोनयन दर्ता « Khabarhub

पाकिस्तानमा नयाँ प्रधानमन्त्री बन्न दुई मनोनयन दर्ता


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयनका लागि दुई मनोनयन परेको छ ।

नयाँ प्रधानमन्त्री बन्नका लागि पाकिस्तान मुस्लिम लिग नवाज पीएलएम–एन पार्टीका अध्यक्ष शहबाज शरिफ र इमरान खान नेतृत्वको पाकिस्तान तहरिक ए इन्साफ पीटीआईका उपाध्यक्ष शाह मोहम्मद कुरैशीले मनोनयन दर्ता गराएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

यसअघि संसद् सचिवालयले आवेदकले दिउँसो दुई बजेसम्म नयाँ प्रधानमन्त्रीको मनोनयन दर्ता खुला गरेको थियो । यद्यपि पीटीआईले मनोनयन प्रक्रिया ढिला गरी शुरु गर्न गरेको आग्रहलाई सचिवालयले अस्वीकार गरेको थियो ।

नयाँ प्रधानमन्त्री चयन गर्न भोलि सोमबार दिउँसो २ बजे संसद् अधिवेशन डाकिएको छ । पाकिस्तानी सञ्चारमाध्यमले जनाएअनुसार कुनै आश्चर्य नभए शरिफ प्रधानमन्त्री बन्ने निश्चित प्रायः छ ।

पाकिस्तानमा सरकार बनाउन पाकिस्तानी संसद्‍मा कायम ३ सय ४२ मध्ये १ सय ७२ सिट चाहिन्छ । यसअघि शनिबार अबेर संसद्ले प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेसँगै उनी पदमुक्त भएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ५ : ३६ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व