नयाँ वर्षमा कमेडी, नृत्य र ध्यान मिश्रित सेलेब्रेसन « Khabarhub

नयाँ वर्षमा कमेडी, नृत्य र ध्यान मिश्रित सेलेब्रेसन


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौँ– नयाँ वर्ष २०७९ को पहिलो दिन अर्थात वैशाख १ गते काडमाडौँको टुँडी खेलमा ‘सेलेब्रेसन’ नामक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ ।

ओम नेपाल मिडिया र ओशो तपोवनको सहकार्यमा आयोजना हुने कार्यक्रममा ध्यान, सांगीतिक प्रस्तुति, नृत्य लगायत विभिन्न प्रस्तुति रहने आयोजकले जनाएको छ ।

‘गायन र नृत्यको उत्सवसँगै ध्यान नयाँ वर्ष मनाउनु विगतको भन्दा बेग्लै अनुभव हुनेछ’ आयोजक स्वामी आनन्द अरुणले भने ‘नयाँ वर्ष नयाँ तरिकाले सुरुवात गराऔं भन्ने अर्को उद्देश्य पनि हो ।’ नयाँ वर्ष ध्यानमा रमाउन सहयोग समेत गर्न लागेको आनन्द अरुणको भनाई रहेको छ ।

कार्यक्रममा स्वामी आनन्द अरुणले सत्सङ्ग तथा ध्यान, विश्वप्रसिद्ध निर्गुण कबिरवाणी गायक पद्मश्री विभूषित प्रह्लाद सिंह टिपणियाको विशेष प्रस्तुतिको बाहेक ‘कुटुम्ब’ ब्याण्डको लाइभ प्रस्तुति रहनेछ । हाँस्य कलाकार मनोज गजुरेको समेत कमेडी प्रस्तुति रहने कार्यक्रममा प्रदीप रोदन, गायिका बेनिसा पौडेल, मोहन वीणा वादक, रोशन शर्माले समेत दर्शकलाई मनोरञ्जन दिलाउने आयोजकको भनाई रहेको छ ।

मौलिक नेपाली पर्वहरू ओझेलमा परिरहेको वर्तमान सामाजिक परिस्थितिमा नयाँ वर्षको पहिलो दिनलाई विशेष बनाउने कार्यक्रम आयोजना गरिएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ७ : २८ बजे

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौं– प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर

अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, होर्मुज बन्द गर्ने चेतावनी

तेहरान- मध्यपूर्वमा जारी युद्धको चौथो हप्तामा, अमेरिकाले इरानविरुद्धको चेतावनी जारी