एक साता अत्यावश्यकबाहेकका वस्तुको एलसी नखोल्ने बैंकर्स संघको निर्णय « Khabarhub

एक साता अत्यावश्यकबाहेकका वस्तुको एलसी नखोल्ने बैंकर्स संघको निर्णय


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघले आगामी एक सातासम्म अत्यावश्यकबाहेक अन्य वस्तुको प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ।

आइतबार बसेको संघको बैठकले वैशाखामा निक्षेपको ब्याजदर स्थिर राख्ने र सँगै एक हप्तालाई अत्यावश्यक बाहेकका वस्तुहरुको एलसी नखोल्ने निर्णय गरेको हो । आयात बढेर विदेशी मुद्रा सञ्चिति रित्तिँदै गएपछि राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति बढाउन र अर्थतन्त्रलाई संकटमा जानबाट रोक्न पनि अत्यावश्यकसहितका वस्तुको आयात कम गर्न नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

कम्तीमा एक हप्ता ठप्प बनाउने र त्यसपछि आवश्यकताका आधारमा निर्णय गर्नुपर्ने संघको निर्णय छ । राष्ट्र बैंकले केही दिन पहिले सबैं बैंकका सीईओहरुलाई बोलाएर एलसी नखोल्न मौखिक निर्देशन दिएको थियो ।

बैंकहरुले आफू खुसी निर्णय कार्यान्वयन गरे पनि संघमा भने आइतबार पहिलो पटक अत्यावश्यक बाहेकको एलसी ठप्पै पार्ने सहमति भएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ८ : १८ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी