आर्थिक

भक्तपुर चेम्बर अफ कमर्स उत्कृष्ट

By खबरहब

April 10, 2022

भक्तपुर– भक्तपुर चेम्बर अफ कमर्सले उत्कृष्ट जिल्ला नगर चेम्बरको रूपमा कदर सम्मान प्राप्त गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सको ७१ औँ वार्षिक साधारण सभा एवं चेम्बर दिवस २०७८ को उद्घाटन समारोहका अवसरमा भक्तपुर चेम्बर अफ कमर्सले उक्त सम्मान प्राप्त गरेको हो ।

समारोहमा सभामुख अग्निप्रसाद सापकोटाले भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरलाई दोसल्ला ओढाई कदरपत्र प्रदान गरे ।

संस्थागत विकास तथा उद्यमी व्यवसायीको हक हितार्थ चेम्बर गतिविधिलाई विस्तार गर्न प्रशंसनीय भूमिका निर्वाह गर्न सफल भएकोमा भक्तपुर चेम्बर अफ कमर्स सम्मानित भएको हो ।