आईपीएलः मुम्बईमाथि कोलकोत्ताको शानदार जित « Khabarhub

आईपीएलः मुम्बईमाथि कोलकोत्ताको शानदार जित


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्स विजयी भएको छ। कोलकोत्ताले मुम्बई इण्डियन्सलाई ५२ रनले हराएको हो।

सुरुमा ब्याटिङ गरेको कोलकत्ताले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बई १७ ओभर ३ बलमा अलआउट भयो। उसले १ सय १३ रनको मात्र योगफल बनाउन सक्यो।

पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो। जितसँगै सातौं स्थानको कोलकत्ताले १२ खेलमा १० अंक जोडेको छ।
मुम्बई ११ खेलमा ४ अंक जोडेर पुछारमा छ।

मुम्बईका इशान किशनले ५१ रनको अर्धशतकीय इनिङ खेले भने टिम डाभिडले १३ तथा रमनदिप सिंहले १२ रन बनाए। कोलकत्ताका प्याट कमिन्सले तीन तथा आन्द्रे रसेलले दुई विकेट लिए।

कोलकत्ताका नितिश राना र भेन्काटेस एयरले समान ४३–४३ रन बनाए भने अजिन्का रहानेले २५ रन जोड्दा रिन्कु सिंहले अविजित २३ रन जोडे।

मुम्बईका जस्प्रित बुम्राहले एक्लै ५ विकेट हात पार्दा कुमार कार्तिकेयाले २ विकेट लिए।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ५ : ३७ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका