मौसम पूर्वानुमान : आज देशभर विभिन्न ठाउँमा पानी पर्ने « Khabarhub

मौसम पूर्वानुमान : आज देशभर विभिन्न ठाउँमा पानी पर्ने


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने मौसमविद्ले बताएका छन्।

दक्षिण बंगालको खाडीमा बनेको चक्रवात “असानी“ को अप्रत्यक्ष प्रभाव, स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गालसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको संयुक्त प्रभाव रहेकाले देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने मौसमविद्ले बताएका हुन्।

मंगलबार विशेषगरी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको केहि स्थानमा र बाँकी भूभागको थोरै स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति पनि प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ प्रदेश १, बागमती र लुम्बिनी प्रदेशको केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधबार राति प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी बिहीबार दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। कर्णाली र सूदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका एकदुई स्थानहरूमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।साथै तराईका भू-भागहरुमा हावाहुरीको सम्भावना पनि रहेको देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ६ : ५० बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट