काठमाडौं र ललितपुरमा मंगलबार राति १२ बजेदेखि मदिरा बिक्रीमा प्रतिबन्ध « Khabarhub

काठमाडौं र ललितपुरमा मंगलबार राति १२ बजेदेखि मदिरा बिक्रीमा प्रतिबन्ध


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं र ललितपुरमा मंगलबार राति १२ बजेदेखि मदिरा बिक्री र सेवन गर्न नपाइने भएको छ।

मौन अवधिदेखि ३० वैशाख अर्था मतदान नसकिएसम्मका लागि जमदिराजन्य पदार्थ बिक्री वितरण बन्द गरिएको काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेको छुट्टाछुट्टै सूचनामा उल्लेख छ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो। जाँडरक्सीलगायत मदिराजन्य पदार्थ सेवन गरेर शान्ति सुव्यवस्थामा खलल पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लामा मदिरा सेवन तथा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाएका हुन्।

उपत्यकाबाहेकका केही जिल्ला प्रशासन कार्यालयले गत शुक्रबारबाट नै मदिरा बिक्रीमा रोक लगाइसकेका छन्।

मतदानको दिन अत्यावश्यक र अनुमति लिएका सवारीबाहेकका सवारीसाधन बिहान ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म सञ्चालन नगर्न समेत भनेको छ। सूचनाविपरीतका गतिविधि गरेको पाइएमा कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ। ​

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : ३१ बजे

दुई सातादेखि बेपत्ता थिङको शव फेला

काठमााडौं- विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१

सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

काठमाडौं- नेपालको एक चीन नीतिमाथि प्रश्न उठिरहेका बेला गत भदौको

समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनताले तत्काल महसुस

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा एकसाथ आधा दर्जन समस्या, के भन्यो शिक्षण अस्पतालले ?

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको

चार करोड ११ लाखमा मोहना नदीमा तटबन्ध निर्माण

टीकापुर– वर्षौँदेखि नदी कटानको त्रासमा रहेका कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित