तालिवानको निर्णय उल्ट्याउन अमेरिकाले दबाब दिने « Khabarhub

तालिवानको निर्णय उल्ट्याउन अमेरिकाले दबाब दिने


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अमेरिकाले अफगानिस्तानको तालिबान सरकारलाई महिला र बालिकाहरूका अधिकारमा प्रतिबन्ध लगाउने हालैका केही निर्णयहरू उल्ट्याउन दबाब दिने भएको छ।

कट्टरपन्थी समूहले आफ्ना कार्यहरू सच्याउने संकेत नदेखाए समूहका निणर्य उल्ट्याउन दबाब दिने अमेरिकाले संकेत गरेको हो। तर, उसले समूहमाथि कस्तो दबाब दिने भन्ने बारेमा केही सार्वजनिक गरेको छैन्।

‘हामीले यस विषयलाई तालिवानसँग प्रत्यक्ष रूपमा सम्बोधन गरेका छौं’, विदेश मन्त्रालयलका प्रवक्ता नेड प्राइसले भने। उनले सम्भावित कदमबारे विस्तृत विवरण दिएनन्।

तालिबानले शनिबार महिलाहरूलाई सार्वजनिक रूपमा आफ्नो अनुहार छोप्न उर्दी जारी गरेको थियो। तालिबानको निर्देशनको सर्वत्र विरोध भएको छ।

तालिबानले यसअघि सन् १९९६ देखि सन् २००१ मा शासन गर्दै महिलाहरुका अधिकांश अधिकार कटौती गरेको थियो। तालिबानले फेरि महिलाका एकपछि अर्का अधिकार कटौती गर्न सक्ने अफगानिस्तानमा त्रास बढेको छ।

यसअघि समूहले छात्र र छात्रालाई सँगसँगै पढ्न रोक लगाएको छ। गत १५ अगस्टमा सत्तामा पुगेपछि तालिबान सरकारले आर्थिक संकट सामना गरेको छ। दातृ राष्ट्रहरुले अफगानिस्तानलाई दिँदै आएको सहयोग रोक्का गरेका छन्।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : ४८ बजे

महिला अधिकारको प्रत्याभूतिबिना समान विकास सम्भव छैन : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र

आज २०८३ साल जेठ १६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८३ साल जेठ १६ गते शनिबार अधिक

मधेस प्रदेशलाई ‘उत्पादन, उद्योग र पूर्वाधारको केन्द्र’ बनाइने

धनुषा – सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेस प्रदेशलाई