स्थानीय निर्वाचन आउन ४ दिन बाँकी छ। स्थानीय निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल लगायत स्वतन्त्र उम्मेद्वार चुनाव प्रसार प्रसारमा व्यस्त छन। काठमाडौं महानगरपालिकामा पनि चुनावी प्रतिस्पर्दा आफ्नो जितको लागि घरदैलो अभियानमा सक्रिय भएका छन। चुनावी अभियान र निर्वाचनको तयारी र काठमाडौं महानगर बनाउने योजनाको विषयमा काठमाडौं महानगरमा विवेकशील साझाको मेयर पदको उम्मेदवार समीक्षा बास्कोटासंग खबरहबका लागि लक्ष्मण फुयालले गरेको कुराकानीको सम्पादित अंशः
काठमाडौं महानगरमा मेयरपदमा उम्मेद्वारी दिनुभएको छ तपाईको उम्मेद्वारीले महानगरले के पाउँछ ?
काठमाडौं महानगरलाई राजनीतिको केन्द्र भनेर हेरिरहेका छौ। राजनीतिको केन्द्र रहेको राजधानी सहरमा आफै पनि फोहोरले अस्तव्यस्त भैसेको छ। र सँगसँगै राजनीतिको फोहोर पनि सफाइ गर्नुपर्ने एकदमै ठुलो आवश्यकता देखिन्छ। राजधानीको फोहोर सफा गरेर यहाँका सडक, सार्वजनिक यातायात, शिक्षा स्वास्थ्य, भ्रष्टाचार सेवा प्रभाह यो सबैलाई नियन्त्रण गर्दै। सुचारु गर्न, व्यवस्थित गर्न राजधानीको फोहोर सफाइ गर्न र राजनीतिको फोहोर सफा गर्नका लागि विवेकशील साझा पार्टीको तर्फबाट मेरो उम्मेद्वारी प्रस्तुत गरेको छु।
राजनीतिको फोहोर र राजधानीको फोहोर सफा गर्ने एउटा राजनीतिक दलकै आवश्यकता छ । जसले लङ टम भिजन र भ्रष्टाचार रहित समाज निर्माणको लक्ष्य बोकेको हुन्छ ।
तपाईहरुको चुनावको तयारी अभियान कस्तो हुँदैछ ?
हाम्रो चुनावी अभियान राम्रो भएको छ। हामी घरदैलोमा गैरहेका छौ। नागरिकसंग अन्तरक्रिया गरिरहेका छौ। प्रचार प्रसारको क्रममा विभिन्न नागरिक समूहसँग भेटघाट गरिरहेका छौ। त्यो भेटघाट एकदमै फलदायी भइरहेको छ। जुन सुखद पक्ष छ। उम्मेद्वार घोषणा गरेपछि राजनीतिक वृत्तमा एक किसिमको महिलालाई दुवै प्रमुख पद दिन सिकिन्छ भन्ने चर्चा चलाइदियौ त्यसले राजनीतिक दलहरूमा तरङ सिर्जना गर्यो। त्यसले पनि राम्रो प्रभाव छोडेको छ। विभिन्न मिडियाबाट तथा शैक्षिक क्षेत्रहरूमा खुला बहस आयोजना भैरहेको छ। जहाँ मेयरका प्रत्यासी उपस्थित भएर छलफलले पनि माहोल तताईरहेको छ। मिडियाले महत्वपूर्ण भूमिका खेलेको छ। हामी कयौं मतदाताको घरमा जान नसकेता पनि मिडियामार्फत हाम्रा हरेकको घर घरमा कुरा पुगेको छन्।डिजिटल क्यामपेन समाजिक सञ्चालनमा चलिरहेको छ। यही आधारमा हाम्रो चुनावी अभियान अगाडि बढिहरेको छ।
तपाईको काठमाडौं महानगरपालिकाको विकास गर्न तपाईको मुख्य प्राथमिकता तथा एजेन्डाहरुमा के के विषय हुनेछन् ?
धेरैले काठमाडौँ महानगरपालिकालाई यस्तो विकास गर्छु । उस्तो विकास गर्छु भनेका छन्। हामीले विकास भन्दा पनि व्यवस्थापकीय पक्षले हेरेका छौ। यहाँ विकास गर्न ठूला ठूला भवन बनाउन जरुरी छैन। तर भैरहेका सम्पदालाई व्यवस्थित गर्नुपर्ने छ। हामीले धेरै एजेन्डा लेखेका छौ। यसमा गर्न सकिने कामहरु उल्लेख गरेका छौ। भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह, र सुशासनलाई जोड दिएका छौ। देशको प्रमुख समस्या भनेको भ्रष्टाचार हो। यसलाई नियन्त्रण गर्न विधिको शासनमा टेकेर काम गर्नु पर्यो र सँगसँगै सेवालाई डिजिटलाइज गर्यो भने मेसिनले पैसा माग्दैन व्यक्तिले पैसा माग्ने हो। सिस्टमा बनाइयो भने सिस्टमले सबैले पालना गर्छ। सुशानका विषयलाई प्राथमिकतामा राखेका छौ। सेवाप्रवाहलाई किन चुस्तदुरुस्त बनाउनुपर्यो भने तपाई र हाम्रो समय एकदमै महत्वपूर्ण छ। महानगरमा सामान्य एउटा सिफारिस लिन विभिन्न कामले जाँदा वडा तथा महानगरमा घन्टौ या दिन वित्ने हुन्छ। यो विषयलाई महत्वपूर्णका साथ हेरेका छौ। सुलव व्यवस्थित सार्वजनिक यातायातालाई विद्युतीय यातायातमा रुपान्तरण गर्छौ। त्यो ज्येष्ठ नागरिक,महिला बालबालिका तथा अपाङ्गता भएका व्यक्तिलाई सुलव र व्यवस्थित हुनुपर्यो।
धेरैले काठमाडौँ महानगरपालिकालाई यस्तो विकास गर्छु । उस्तो विकास गर्छु भनेका छन्। हामीले विकास भन्दा पनि व्यवस्थापकीय पक्षले हेरेका छौ।
काठमाडौमहानगर राजधानीको कुरा गर्छौ। यहाँ सडक बत्तिको व्यवस्था छैन। महिला सुरक्षाका योजना छन् जुन महिला हिंसा हटाउन हुनेछ। व्यवस्थित काठमाडौं शहरको परिकल्पना गरेका छौं। अस्तव्यस्त काठमाडौं धुवाँ धुलो ट्राफिक जाम लगायत समस्या धेरै छन। काठमाडौं सडका सडक पेटी साधुरा छन् यसलाई समाधान गर्न हामीले सोचेका छौ। काठमाडौंमा खुल्ला क्षेत्र विस्तारका कुरा राखेका छौ। खुला क्षेत्र पहिचान गरेर त्यहाँ पार्कको निर्माण गर्ने कार्ययोजना छन् जहाँ व्यायमदेखि बालबालिका खेल्न सकुन।
सार्वजनिक शौचालयको विषय छ। सुन्दा सौचको कुरा गरेजस्तो लाग्ला तर महानगरमा सुलभ र व्यवस्थित ५० ओटा शौचालय बनाउने छ। शौचालय अपाङ्गता मैत्री हुनेछ। महिला मैत्री हुन्छ। सफा र व्यवस्थित हुन्छ। हामी कुरा चै ठूला गर्छौ तर सानो सानो व्यवस्थापकियमा अगाडि बढ्न सकेका छैनौं। वातावरणीय संरक्षणका विषय प्राथमिकतामा हुनेछन। नदीको संरक्षण योजना रहेका छन्। हामीलाई थाहा छ बागमती विष्णुमती नदीको हालत कस्तो छ। त्यो ठाउँमा सक्षम व्यक्ति पुग्यो भने उसले देख्ने काठमाडौँ महानगरको भिजन हामीसँग छ।
सम्पदाको संरक्षणको कुरामा हाम्रो असन इन्द्रचोक सम्पदाले यति भरिएको जीवन्त सहरी संग्रालय बन्न लायकको ठाँउलाई कस्तो अस्तव्यस्त पारिसकेका छौ। यस्ता सम्पदालाई संरक्षण गर्नेछौ। अहिले हामीले धेरै विकासलाई यो गर्नु नै पर्छ भन्नु पर्दैन। काठमाडौंलाई यहाँ भित्र कुदिएका हरेक इटाँ ढुङ्गा हिटी मठ मन्दिरलाई नविगारे पुग्छ। यसलाई व्यवस्थित बनाइदिए पुग्छ। हामी त्यो कुरामा सचेत छौ। यी यावत विषयहरु एजेन्डामा छन्। हाम्रो पार्टी यो कुरा गर्न तत्पर छ।
सार्वजनिक शौचालयको विषय छ। सुन्दा सौचको कुरा गरेजस्तो लाग्ला तर महानगरमा सुलभ र व्यवस्थित ५० ओटा शौचालय बनाउने छ। शौचालय अपाङ्गता मैत्री हुनेछ। महिला मैत्री हुन्छ।
समृद्धि चाहने मतदाताले यहाँलाई किन मत दिने ?
महानगरपालिकामा कहिले कांग्रेसलाई भोट दिनुभयो होला कहिले कम्युनिष्टलाई दिनुभयो होला त्यो दुवै चोइसले काम गरेन। अहिले मेयर को हुनुहुन्छ सबैलाई थाहा छ। उहाँले के के गर्नुभयो सबैलाई थाहा छ। सम्पदा बचाउन स्थानीय आफै आउनुपरेको थियो। फोहोर व्यवस्थापनको कुरा के थियो । नागरिकले कति दुःख पाए। उहाँहरुले के बाचा गर्नुभएको थियो। के के पूरा गर्नुभयो। तराजुको एउटा पल्लामा राख्दिए पुग्छ। अब आउने व्यक्तिले के गर्न चाहन्छन्। ठाउँमा नपुगेको बेला दरो प्रतिपक्षको भूमिकामा निभाउने हो हामीले निभाइरहेका छौं। चाहे रानीपोखरी बचाउन होस् चाहे खुला क्षेत्र रहन चाहे गुठी विद्यायको कुरामा भ्रष्टाचारलाई ठूला माछा समाउ अभियानमा होस् यसमा हामीले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौँ। प्रतिपक्षले आवाज उठाएर पुग्दैन। ठाउँमा पुगेर डेलिभरिदिनको लागि यसपाली महानगरवासीले मत परिवर्तन गर्नुहुन्छ। त्यो उहाँहरुको जितको लागि हो। सामान मर्मत गरेर ठिक हुदोरैनछ। व्यक्ति मर्मत गरेर मात्र ठिक हुँदो रैनछ जब व्यक्ति काम नलाग्ने हुन्छ। अब त्यसलाई परिवर्तन गर्नुपर्छ आम जनताले बुझिसक्नुभएको छ।
काठमाडौं महानगरपालिकाको चुनाव जित्ने आधार के होला ? अन्यदलबाट कतिको प्रतिस्पर्धा हुने आकलन गर्नुभएको छ ?
रेसमा निस्केपछि लडाइँ जितको हुन्छ। म फेयर गेममा विश्वास गर्छु। जबसम्म फाइनल हुँदैन तबसम्म हामी गेममा छौं, रेसमा छौ। रेसमा सबैभन्दा अब्बल र सक्षम प्रतिद्वन्द्वी रुपमा म प्रस्तुत भइरहेको छु। मेरो अर्जुन दृष्टि भनेको जीत हो। त्यो जीतको लागि महानगरवासीको पक्कै साथ चाहिन्छ। हामी परिवर्तन गर्न चाहन्छौ। आजसम्म महिलामात्र भनेर उमपमेयरमा सीमित राखिन्थ्यो। विवेकशील साझाले दुवै मेयर तथा उपमेयरपदमा महिलाको प्रतिनिधित्व गराएको छ। स्वतन्त्र तदर्थ मात्र हुन्छ जुन पहिला हामीले गरिसकेको हो। राजनीतिको फोहोर र राजधानीको फोहोर सफा गर्ने एउटा राजनीतिक दलकै आवश्यकता छ। जसले लङ टम भिजन लिएर आएको हुन्छ। जसले भ्रष्टाचार रहित समाज र राजनीतिक फोहोर सफा गर्ने राजनीतिक दल हुने गर्दछ।
रेसमा निस्केपछि लडाइँ जितको हुन्छ। म फेयर गेममा विश्वास गर्छु। जबसम्म फाइनल हुँदैन तबसम्म हामी गेममा छौं, रेसमा छौ। रेसमा सबैभन्दा अब्बल र सक्षम प्रतिद्वन्द्वी रुपमा म प्रस्तुत भइरहेको छु।
काठमाडौं महानगरपालिकको विकासको जग हाल्न तपाईले उत्तरदायित्व कसरी निर्वाह गर्नुहुन्छ ?
हामीले प्रतिबद्धतापत्रमा जे भनेका छौ। त्यो कुरा लागु गरेर देखाउछौ। हामी हरेक विज्ञसँग बसेर। हरेक कम्युनिटीसँग समन्वय राय सल्लाह गरेर काठमाडौं महानगरपालिकालाई व्यवस्थित बनाउछौ। गर्न सकिने काम भनेर ३ महिनामा देखाउन सक्ने काम यो यो भनेर देखाउछौ। ५ वर्षमा के के काम गर्ने भनेर नागरिकसँग छलफल गरेर विकासका कार्य योजना बनाउछौ। हरेक विज्ञसँग समन्वय गर्दै महानगर बनाउने दायित्व लिएको छु।
शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण विषयमा कस्ता कार्यक्रम बनाउनुभएको छ ?
शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व हुनपर्छ भन्ने हाम्रो पार्टीको प्रमुख एजेन्डा हो। महानगरभित्र ९२ सामुदायिक विद्यालय छन्। ती सामुदायिक विद्यालय जीर्ण अवस्थामा पारियो त्यो राज्यको नीतिले हो। संघीय सरकारसंग पनि समन्वय गर्छौ। महानगर क्षेत्र अधिकारभित्र पर्ने ती विद्यालयको स्तर कसरी उन्नत गर्ने यसलाई विशेष रुपमा हेर्छौ। तालिमको व्यवस्था गर्ने महिला उद्यमशिलताको तालिमका व्यवस्था गर्ने छौ। स्तर उन्नतीको लागि जोड दिन्छौ। सीपमुलक तालिम लिएर जान्छौ। स्वास्थ्यको हकमा हरेक वडामा वडा क्लिनिकको विकास गर्नेछौ। व्यवस्थित गरेर वडा क्लिनिक चलाउँछौ।













प्रतिक्रिया