पुटिन अनुमान गर्न माहिर व्यक्ति: अमेरिकी राष्ट्रपति बाइडेन « Khabarhub

पुटिन अनुमान गर्न माहिर व्यक्ति: अमेरिकी राष्ट्रपति बाइडेन


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनको युद्धबाट बाहिर निस्कने बाटो नभएको टिप्पणी गरेका छन्।

वाशिंगटनमा एक राजनीतिक कोषमा बोल्दै बाइडेनले पुटिन धेरै अनुमान गर्ने व्यक्ति भएको र अझै पनि किभको अवस्थाको बारेमा के गर्ने भनेर पत्ता लगाउन प्रयास गरिरहेको बताए।

७९ वर्षीया पुटिनले युक्रेनमा आक्रमण गरेर उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) र युरोपेली युनियन (इयू) लाई तोड्न सक्छ भन्ने विश्वास गरेर गल्ती गरेको बताए।

युक्रेनलाई आफ्नो देश र लोकतन्त्रको रक्षा गर्न र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रुर युद्ध विरुद्धको लडाईर्मा समर्थन गर्ने उनले बताए।

युक्रेनलाई थप ३३ अर्ब डलर सहयोगका लागि राष्ट्रपति बाइडेनले स्वीकृति जनाइसकेका छन्। यसैबीच, रुसी सेनाले पूर्वीयुक्रेनमा आफ्नो हमला जारी राखेको छ। २४ फेब्रुवरीमा हमला गरेको रुसले युक्रेन युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताएको छ।

रुसी हमलामा संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय (ओएचसीएचआर) ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएको छ। युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने अनुमान पनि एचसीएचआरले गरेको छ।

अधिकांश पीडितहरू क्षेप्यास्त्र आक्रमण र हवाई हमलाहरू जस्ता विस्फोटक हतियारहरूबाट मारिएका जनाइएको छ। रुसले युक्रेनमा आफ्नो हमलालाई युक्रेनलाई निशस्त्रीकरण गर्न र फाँसीवादीहरूबाट जोगाउनको लागि गरेको ‘विशेष कारबाही भनेको छ, जसलाई युक्रेन र पश्चिमाहरूले निराधार भनेका छन्।

युद्ध अन्त्यका लागि दुबै पक्षबीच पटक पटक भएका वार्ता बिननिस्कर्ष टुंगिएका छन्। युक्रेनले दुई देशका राष्ट्रपति तहमा वार्ता हुनुपर्ने बताउँदै आएको छ। रुसले वार्ता र आक्रमण सँगसँगै लैजाने रणनीति लिएको पाइन्छ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ९ : ४४ बजे

चितवनमा परीक्षा दिन हिँडेका दुई विद्यार्थीको नारायणीमा डुबेर ज्यान गयो

चितवन– भरतपुर महानगरपालिका-३ बाह्रघरेचोकस्थित मुनलाइट बोर्डिङ स्कुलका दुई विद्यार्थीको आइतबार

ज्ञापनपत्र बुझाउँदै एमालेले भन्यो : गौरीबहादुर कार्कीको प्रतिवेदन खारेज गर

भैरहवा- नेकपा (एमाले) रुपन्देहीले पार्टी अध्यक्ष केपी शर्मा ओली तथा

खरिद ऐन संशोधन हुने कुराले व्यवसायी खुसी, ३७ टेबल धाउनुपर्ने बाध्यता हट्ने आशा

काठमाडौं- नवगठित बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले शनिबार सय बुँदे

भारतीय प्रधानमन्त्री मोदी र साउदी अरेबियाका समकक्षीबीच फोनवार्ता, ऊर्जा संकटदेखि समुद्री जलमार्गबारे कुराकानी

नयाँ दिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरेबियाका युवराज

बाँकेमा अझै १३ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च

नेपालगञ्ज– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेमा उम्मेदवार