मेघा भन्छिन् ‘जीतपुरसिमरावासीले युवालाई अवसर दिनुहुन्छ भन्नेमा विश्वस्त छु’ « Khabarhub

मेघा भन्छिन् ‘जीतपुरसिमरावासीले युवालाई अवसर दिनुहुन्छ भन्नेमा विश्वस्त छु’


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय निर्वाचनको माहौलमा देश छ । स्थानीय तहमा आउँदो पाँच वर्षसम्मको लागि सेवा गर्ने उद्देश्यका साथ उम्मेदवारी दिइसकेका छन् ।

स्थानीय तहमा सुशासन कायम गर्ने र डिजिटल स्थानीय तहको नारा आधिकांश युवा उम्मेदवारले दिइरहेका छन् । विशेषत स्थानीय तहमा युवाको सहभागिताले सेवालाई डिजिटल बनाउने योजना अगाडि बढिरहेका छन् । यद्यपि जीतपुरसिमरा उपमहानगरपालिकाको उपमेयर बन्ने दौडमा रहेकी विद्यार्थी नेत्रृ मेघा शाहीले आफ्नो एजेन्डामा सुशासनलाई बढी जोड दिएकी छिन् । 

विद्यार्थी हकहितका लागि नेपाल विद्यार्थी संघमा सक्रिय रहेर राजनीतिमा उदाएकी मेघा शाही उद्योग, पर्सा राष्ट्रिय निकुञ्ज सहितको उपमहानगरपालिकामा सुशासनको मुद्दालाई पहिलो नम्बरमा स्थान दिएकी छिन् । ‘सुशासन कायम भए अन्य योजनालाई पनि टेवा पुग्छ । त्यसैले मेरो प्राथमिकताको नम्बर एकमा सुशासन छ । स्थानीय तहलाई भष्ट्राचार मुक्त बनाउनुका साथै सेवालाई सरल बनाउने प्राथमिकता मैले लिएकी छु’ उनले भनिन् । ‘स्थानीय तहमा युवा’ भन्ने नाराका साथ उपमेयर पदमा उम्मेदवारी दिएकी मेघा विद्यालयमा पढ्दै राजनीतिमा प्रवेश गरेकी मेघा नेविसंघको ठाकुरराम बहुमुखी क्याम्पस इकाई अध्यक्ष हुँदै केन्द्रीय सदस्यसमेत भइसकेकी छिन् । सधैँजसो गुणस्तरीय शिक्षा र विद्यार्थी हकहितका एजेण्डा बोकेर आन्दोलनमा उत्रने मेघा अहिले जीतपुरसिमराको समृद्धि र सुशासनको एजेण्डा बोकेर चुनावी मैदानमा छिन् ।

व्यवस्थित सहरीकरण, सुशासन र नागरिक अधिकारको रक्षा नै आफ्नो मुख्य एजेण्डा बताउने मेघाले उपमेयरलाई दिएका अधिकारहरूको प्रयोग गर्दै जीतपुरसिमराका जनताको सेवा गर्ने आफ्नो लक्ष्य रहेको बताउँछिन् । सत्तारुढ गठबन्धनको तर्फबाट जीतपुरसिमरामा माओवादी केन्द्रका राजन पौडेल मेयरका प्रत्याशी छन् भने मेघा नेपाली कांग्रेसको तर्फबाट उपमेयर पदको प्रत्यासी छिन् । स्वास्थ्य र राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेकी मेघा स्थानीय तहमा युवाको सहभागिताले मात्र युवाको सोच अनुसारको स्थानीय तह बन्ने बताउँछिन् । यसका लागि युवा नै राजनीतिमा आउनु पर्ने तर्क उनको छ । 

हामीले बाहिर बसेर , वेवास्ता गरेर मात्र हामीले चाहेको स्थानीय तह त बन्दैन नी रु हामी मैदानमा आउनु पर्छ सँगै युवा विचारलाई पनि प्रवर्द्धन गर्नुपर्छ’ मेघा भन्छिन् , ‘मेरो उद्देश्य शिक्षा, स्वास्थ्य र सुशासनमा योगदान गर्नु हो ।’ औद्योगिक हिसाबले पनि निकै सबल रहेको जीतपुरसिमरालाई श्रमिकहरूको नगर पनि भन्ने गरिन्छ । ‘हाम्रो अधिकांश जनसंख्या श्रममा खटिने भएकाले उनीहरूको शिक्षा र स्वास्थ्यमा पहुँचलाई सुलभ बनाउने योजना छ । हामीले संघ वा प्रदेशसँग समन्वय गरेर भए पनि श्रमिक अस्पताल सञ्चालन गर्ने सोचेका छौं’, उनी भन्छिन् ।

मेघाले विद्यार्थीका लागि प्राविधिक शिक्षामा जोड दिएकी छिन् । ‘शिक्षाले नै समाजको मुहार फेर्ने हो । त्यसैले पनि शिक्षालाई विशेष महत्वका साथ अगाडि बढाउनु पर्छ’ उनले भनिन् । शिक्षासँगै स्वास्थ्यमा जोडी दिएकी मेघाले पर्यावरण स्वच्छ बनाउन पनि अग्रसर हुनुपर्ने बताउँछिन् । ‘उद्योग हाम्रो सम्पत्ति हो । यसले यहाँ धेरैलाई रोजगारी दिएको छ । यद्यपि त्यसबाट पर्यावरणलाई पर्ने असरलाई न्यून बनाउनै पर्छ’ उनले भनिन् । 

उनले आन्तरिक पर्यटन प्रर्वद्धनको समेत योजना बुनेकी छिन् । ‘पर्सा राष्ट्रिय निकुञ्ज व्यवस्थित बनाउनु सके मात्र पनि आन्तरिक पर्यटनलाई बढाउन सकिन्छु उनी भन्छिन् ‘हाम्रो काम गर्ने इच्छा शक्तिले हाम्रो बुनिएका योजनालाई मूर्तरूप दिन्छ । आफ्नो प्राकृतिक हिसाबले स्वच्छ, हराभरा र सुन्दर बनाउने गरी विकासको खाका ल्याउने योजना उनको छ । आफू कानुनकै विद्यार्थी रहेकोले मधेसका महिलाहरुले भोग्ने गरेका समस्याहरुबाट उन्मुक्ति दिलाउन न्यायिक समितिमार्फत विशेष अभियान सञ्चालन गर्ने मेघाको योजना छ ।

जीतपुरसिमरा उपमहानगरपालिकामा ७० हजार ६४ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १२ : १७ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति