इरानद्वारा यहुदी विरोधी आक्रमणमा अस्ट्रेलियाको आरोप अस्वीकार « Khabarhub

इरानद्वारा यहुदी विरोधी आक्रमणमा अस्ट्रेलियाको आरोप अस्वीकार


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानको विदेश मन्त्रालयले अस्ट्रेलियामा भएका दुई यहूदी विरोधी आक्रमणको पछाडि तेहरानको हात रहेको भन्ने अस्ट्रेलियाको आरोपलाई मङ्गलबार खारेज गरेको छ।

तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले गत अक्टोबरमा सिड्नीस्थित कोशेर क्याफेमा भएको आगलागी र गत डिसेम्बरमा मेलबर्नको सिनागगमा भएको ठूलो आगलागीबारे अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले तेहरानमाथि लगाउनुभएको आरोपको खण्डन गरे ।

यसै क्रममा उनले अस्ट्रेलियाले इरानी राजदूत अहमद सादेगीलाई निष्कासन गर्ने निर्णयप्रति पनि प्रतिक्रिया जनाए। 

‘स्वाभाविक रूपमा, कूटनीतिक स्तरमा गरिने कुनै पनि अनुचित र अन्यायपूर्ण कदमले पारस्परिक प्रतिक्रिया पाउनेछ । यो नयाँ विकास हो र मेरा सहकर्मीहरूले इस्लामिक गणतन्त्र इरानको औपचारिक प्रतिक्रियाबारे निर्णय गर्न मुद्दालाई विचार गरिरहेका छन्’, बाघाईले भने ।

उनले भने, ‘विगत दुई हप्तामा अस्ट्रेलियामा कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरूमा भइरहेको जनहत्या विरुद्ध लाखौँको सहभागितासहित ठूला प्रदर्शनहरू भएका छन् । साथै अस्ट्रेलियाका केही राजनीतिज्ञले पनि दुर्लभ कदम स्वरूप इजरायलका गतिविधिहरूको केही आलोचना गरेका छन् ।’

बाघाईका अनुसार इरानविरुद्ध अस्ट्रेलियाले हालै चालेको कदम ‘वास्तवमा कूटनीति र दुई देशबीचको सम्बन्धविरुद्धको कारबाही’ हो, जुन ती साना इजरायल विरोधी आलोचनाहरूको क्षतिपूर्ति गर्न गरिएको हो ।

प्रधानमन्त्री अल्बानिजले मंगलबार अस्ट्रेलियाले इरानका लागि आफ्ना राजदूत फिर्ता बोलाउने र तेहरानस्थित दूतावासको सञ्चालन स्थगित गर्ने घोषणा गरेका थिए।
 

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ६ : २३ बजे

राष्ट्रिय पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज

काठमाडौं– नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्यांकन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम– मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज