नेपालमा बढ्दो साउथ फिल्मको क्रेज « Khabarhub

नेपालमा बढ्दो साउथ फिल्मको क्रेज


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्ल्लो समय नेपालमा पनि साउथ इन्डियन फिल्महरूको क्रेज बढ्न थालेको छ ।

 बाहुबली सिरिज मार्फत साउथ इन्डियन फिल्म तर्फ आकर्षित भइरहेका दर्शकहरूलाई थप आकर्षण बन्यो केजीएफ र पुष्पा । गत डिसेम्बरमा रिलिज भएको फिल्म पुष्पापछि हरेक हप्ता साउथ इन्डियन हिन्दी फिल्महरू नेपाल आउन थाले ‘पुष्प’ ले नेपालको बक्सअफिसमा झन्डै १० करोडको हाराहारीमा कलेक्सन गर्‍यो। लडाउनकै चर्चाकाबीच प्रदर्शनमा आएको फिल्महरू मध्ये पुष्पाले दर्शकको साथ पायो ।

सुकुमार  निर्देशित फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्दनाको अभिनय रहेको थियो । फिल्मको डायलग र प्रस्तुतीकरणलाई दर्शकले रुचाए । पुष्पाले बनाएको दर्शकलाई बाहुबली सिरिजबाट साउथ इन्डियन फिल्मको स्वाद विश्वभरका दर्शकलाई चखाउन सफल निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ प्रदर्शनमा आयो । 

यो फिल्मले नन होलिडेमा नेपालमा आक्रामक व्यापार गर्‍यो। तीन दिनमै ५ करोड बढीको कलेक्सन गरेको फिल्मले दर्शकको मन पनि जित्यो । निर्देशक राजामौलीले  ‘बाहुबली’ सिरिज पश्चात निर्देशन गरेको मात्र नभई साउथका दुई स्टार जुनिएर एन्टीआर र राम चरणको अभिनय रहेकाले पनि यो प्रतीक्षित छ । यसमा बलिउडका कलाकारहरू अजय देवगण र आलिया भट्ट पनि छिन् । फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिसविरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ । ब्रिटिशले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिस राजमा सिपाही कसरी एक अर्काको साथी बन्छन् र ब्रिटिसविरुद्ध लड्छन् भन्ने फिल्मको मुख्य कथा हो । सपरिवारले फिल्म हेर्न  मिल्ने भएकाले पनि यसले नेपालमा १५ करोड बढीको कलेक्सन गर्न सफल रहेको बताइएको छ । 

फिल्मले गर्ने व्यापारसँगै दर्शकको जितेको विश्वासलाई कायम गर्यो ‘केजीएफ : च्याप्टर २’ ले । आरआरआर हेरेर पुनः हल फर्किएका दर्शकलाई केजीएफको सिक्वेलले निराश बनाएन् । पहिलो च्याप्टर गुमनाम तरिकाले प्रदर्शनमा आएता पनि दोस्रो च्याप्टरले इनिसियल व्यापार निकै गर्‍यो। एक दिनमै तीन करोडको हाराहारीमा कलेक्सन गरेको फिल्मले १५ करोड बढीको ग्रस कलेक्सन गरेको बताइएको छ । केजीएफ’ सिरिज मार्फत यश कन्नडा फिल्मबाट भारतकै स्टार बनेका छन् । उनको क्रेज विश्वभर बढेको छ । फिल्ममा यशसँगै श्रीनिधि शेट्टी, सञ्जय दत्त, रविना टन्डन, प्रकाश राज लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

पहिलो च्याप्टर आउँदा सामान्य साउथको फिल्मको रुपमा हेरिएको ‘केजीएफ’ ले कन्नडा फिल्मलाई विश्वभर चिनायो । प्रशान्त नीलको निर्देशनमा बनेको फिल्मले गरेको आक्रामक व्यापारले नेपालका हल सञ्चालकलाई समेत खुशी बनायो । नेपालमा बीच बीचमा आएका साउथ इन्डियन फिल्महरू फ्लप पनि भएका छन् । जस्तै , खिलाडी ,वलीमै , राधे श्याम फिल्म फ्लप पनि भए । यद्यपि यी फिल्महरुबाट निराश भएका दर्शकलाई आरआरआर र केजीएफ : च्याप्टर २ जस्ता फिल्मले पुनः हलसम्म तान्न सफल भयो । 

आउँदा दिनमा नेपाली फिल्म बजारमा साउथ इन्डियन फिल्महरूको दबदबा झनै बढ्ने देखिन्छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १२ : २७ बजे

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम – मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

ककरोच पार्टीको आन्दोलनमा बलिउड : सलमानदेखि प्रीति जिन्टासम्म कसले के भने ?

भारतमा पछिल्ला केही सातादेखि चर्चाको केन्द्रमा रहेको ककरोच जनता पार्टीको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बाइकमा उभिएर भिडियो बनाउँदै गरेका सांसद गुप्ताको तस्बिर भाइरल

काठमाडौं– पछिल्लो समय सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि

आत्मदाहको बढ्दो शृङ्खला : गहिरो संकट र राज्यप्रतिको मौन विद्रोह, रोक्न के गर्ने ?

काठमाडौँ – गत असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय