मोरङमा निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना लागू « Khabarhub

मोरङमा निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना लागू


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी मोरङ प्रशासनले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएको छ ।

यो योजना निर्वाचन अघि र निर्वाचन पछिसम्म पनि लागू रहने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । उनले निर्वाचन लक्षित सुरक्षाको सबै प्रबन्धको तयारी पूरा भएकोसमेत जानकारी दिए । निर्वाचनलाई सुरक्षित, भयरहित एवं मर्यादित बनाउन लागू भएको एकीकृत सुरक्षा योजनाअनुसार मोरङ निर्वाचनमा सुरक्षाकर्मीका तीनवटै निकाय जनपद, सशस्त्र र अनुसन्धान तथा कर्मचारी गरी १३ हजार ६७ जना जनशक्ति परिचालन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जसमा नेपाल प्रहरीका एक हजार ९७२, सशस्त्र प्रहरीका ६८६, राट्रिय अनुसन्धानका ५० र म्यादी प्रहरी तीन हजार १२४ छन् भने अन्य राष्ट्रसेवक कर्मचारी छन् । निर्वाचन सुरक्षामा नेपाली सेनाका टोली पनि परिचालित भएको छ । जिल्लामा ३०० मतदानस्थल तथा ८०० मतदान केन्द्रलाई सुरक्षा प्रदान गर्ने गरी बनाइएको एकीकृत सुरक्षा योजना अन्तर्गत प्रमुख जिल्ला अधिकारीको अगुवाईमा चार वटा अलग्गै सुरक्षा टोली परिचालन हुने र विशेष अवस्थामा सुनसरीको इटहरीबाट हेलिकप्टरबाट हवाई सुरक्षाको प्रबन्ध पनि मिलाइएको प्रजिअ दाहालले बताए ।

नाका बन्द

यसैगरी, सोही सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्म नेपाल भारत सीमा बन्द रहने सूचना जारी गरेको छ । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गर्न मोरङ जिल्लासँग सिमाना जोडिएका नेपाल भारत सीमा नाका बन्द हुने प्रजिअ दाहालले एक सूचनामार्फत जानकारी दिए ।

दाहालका अनुसार निर्वाचनको अघिल्लो दिनसम्म एम्बुलेन्स, शव बाहन, दमकल वैवाहिक प्रयोजनका लागि प्रयोग हुने सवारी साधन र पेट्रोलियम पदार्थ बोकेको गाडी आवतजावत गर्न नाकामा दिएपनि ३० गते नाकाबाट एम्बुलेन्स र दमक बाहेक कुनै पनि सवारी साधन आवतजावत गर्न निषेध गरिएको छ ।


मदिरा निषेध

यसैगरी, सोही सन्दर्भमा जिल्लामा मादकपदार्थ बिक्री वितरण एवं सेवन निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनलाई प्रभावित हुन नदिन निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६ ९थ०, गृह मन्त्रालय निर्वाचन सेलको आदेश बमोजिम सो व्यवस्था गरिएको हो ।

आज राति १२ बजेदेखि निर्वाचन परिणाम घोषणा नभएसम्मका लागि मोरङभर मादकपदार्थको ओसारपसार, बिक्री वितरण र सेवन कार्य निषेध गरिएको हुँदा उल्लेखित क्रियाकलाप नगरी, आदेशको पालना गरी सहयोग गर्न हुन सबैलाई अपिल गरिएको छ । यो आदेश बर्खिलाप भएको पाइएमा कानुन बमोजिम कारबाही हुने प्रजिअ दाहालले सूचनामार्फत जानकारी दिए ।

मोरङका १७ वटै स्थानीय तहमा विभिन्न पदमा कूल चार हजार ३४६ जनाले उम्मेदवारी दिएका छन् । जसमा पालिका प्रमुखमा ७४, उपप्रमुखमा ७०, गाउँपालिका अध्यक्षमा ६०, उपाध्यक्षमा ४८, वडाध्यक्षमा ९६२, सदस्यमा एक हजार ६४०, महिला सदस्यमा ७७० र दलित महिला सदस्यमा ७२२ जनाको उम्मेदवारी परेको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मोरङमा दर्ता भएका कूल राजनीतिक दलको सङ्ख्या ३९ छन् । 

तर, उम्मेदवारी फिर्तालगायतका कारण हाल निर्वाचनमा २२ वटा दल सहभागी छन् । मोरङमा कूल मतदाता सङ्ख्या सात लाख १५ हजार २२३ रहेको छ ।

 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १२ : ४५ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति