प्रधानमन्त्री देउवालाई भेट नदिएका यी दुई नेता « Khabarhub

प्रधानमन्त्री देउवालाई भेट नदिएका यी दुई नेता


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सभापतिको हैसियतबाट चुनावी अभियानमा रहँदा भेट्न चाहेका दुई नेता हुन्, पुष्करनाथ ओझा र जगन्‍नाथ पौडेल । नेता ओझा कैलाली र पौडेल चितवनका हुन् ।

देउवाले चाहे पनि दुवै नेताले भेट गर्न भने अस्वीकार गरे । ओझालाई सोमबार दिउँसो देउवाले भेट्न चाहेका थिए । तर, ओझाले भेटका लागि समय दिएनन् ।

ओझासँग भेट्ने चाहना पूरा नभएपछि देउवा सोमबार नै गृहजिल्ला डडेल्धुरा गए । आज त्यहाँको विभिन्न ठाउँमा आयोजना हुने चुनावी सभालाई उनले सम्बोधन गर्नेछन् । 

यसअघि, २१ वैशाखको साँझ र २२ वैशाखको बिहान देउवाले चितवनमा पौडेलसँग भेट गर्न चाहे । तर, उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग चाहिँ छोटो समय भेट दिए।

देउवालाई भेट्नै चाहेनन् । त्यसपछि देउवा गठबन्धनको चुनावी सभालाई मात्र सम्बोधन गरेर काठमाडौँ फर्किए । 

यी दुई नेतालाई स्थानीय निर्वाचनअन्तर्गत मतदान गर्ने दिन नजिकिएका बेला देउवाले भेट्न चाहनुको एउटै कारण हो– गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्न चाहनु ।

दुवै नेता भने पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै कारबाहीमा परेका हुन् । साधारण सदस्यसमेत नरहनेगरि कारबाही गर्ने भने देउवा नै हुन् । 

यही १६ वैशाखमा पौडेललाई भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनको आधिकारिक उम्मेदवार रेणु दाहालविरुद्ध बागी उम्मेदवारी दिएको र २०७४ को संसदीय निर्वाचनमा देउवा पत्‍नी डा. आरजु राणालाई असहयोग गरेको आरोपमा ओझालाई कांग्रेसले कारबाही गरेको हो । कारबाहीपछि उनीहरू कांग्रेसमा छैनन् । 

तर, स्थानीय निर्वाचनको बेला भने देउवाले तिनै नेताहरूको साथ खोजेका हुन् । पौडेलको उम्मेदवारीले गठबन्धनको उम्मेदवार दाहाललाई चुनौती थपिएको छ ।

धनगढी उपमहानगरपालिकामा पनि ओझा मौन रहँदा कांग्रेसको तर्फबाट गठबन्धनको उम्मेदवार नृपबहादुर वडलाई समस्या छ ।  ओझा पूर्व सञ्चार राज्यमन्त्री र पौडेल पूर्वराष्ट्रपति सभा सदस्य हुन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १२ : ५८ बजे

बैतडीका पाटन र सुर्नयामा निःशुल्क प्रजनन स्वास्थ्य शिविर

दशरथचन्द– बैतडीका दुई पालिकामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ

चितवनमा परीक्षा दिन हिँडेका दुई विद्यार्थीको नारायणीमा डुबेर ज्यान गयो

चितवन– भरतपुर महानगरपालिका-३ बाह्रघरेचोकस्थित मुनलाइट बोर्डिङ स्कुलका दुई विद्यार्थीको आइतबार

ज्ञापनपत्र बुझाउँदै एमालेले भन्यो : गौरीबहादुर कार्कीको प्रतिवेदन खारेज गर

भैरहवा- नेकपा (एमाले) रुपन्देहीले पार्टी अध्यक्ष केपी शर्मा ओली तथा

खरिद ऐन संशोधन हुने कुराले व्यवसायी खुसी, ३७ टेबल धाउनुपर्ने बाध्यता हट्ने आशा

काठमाडौं- नवगठित बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले शनिबार सय बुँदे

भारतीय प्रधानमन्त्री मोदी र साउदी अरेबियाका समकक्षीबीच फोनवार्ता, ऊर्जा संकटदेखि समुद्री जलमार्गबारे कुराकानी

नयाँ दिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरेबियाका युवराज