काठमाडौँसहित उपत्यकामा मदिरा बिक्री वितरण एवं सेवनमा निषेध « Khabarhub

काठमाडौँसहित उपत्यकामा मदिरा बिक्री वितरण एवं सेवनमा निषेध


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका छन् । ती कार्यालयले अलग अलग सूचना जारी गर्दै आज राति १२ बजेदेखि यही वैशाख ३० गतेसम्म मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका हुन् । 

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले  आज राति १२ बजेदेखि वैशाख ३० गतेसम्म ललितपुर जिल्लाभरि मदिरा बिक्री र खुलारूपमा सेवन नगर्न नगराउने सार्वजनिक सूचना जारी गरी निर्देशन दिएको जानकारी दिए। जिल्लाका छवटै पालिकाका सुरक्षा निकायले पनि मदिरा बिक्री तथा सेवनलाई कडाइ गर्न सबै पालिकाका मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । भक्तपुर जिल्लामा पनि आज राति १२ बजेदेखि वैशाख ३० गतेसम्म कुनै पनि मदिरा बिक्री तथा सेवन निषेध गरेको प्रमुख जिल्ला अधिकारी रुद्रावेदी शर्माले जानकारी दिए।

    मदिरा बिक्री गरेको, सेवन गरेको पाइए कारबाही गरिने बताउँदै उनले मतगणना नसकिएसम्म मतगणनास्थल आसपासमा मदिरा बिक्री एवं सेवनमा रोक लगाएको जानकारी दिए । 

    यसैगरी काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पनि आज मध्यरातिदेखि ३० गतेसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको जानकारी दिएको छ । निर्वाचनको समयमा मदिरा सेवन बढ्न सक्ने र यसले शान्ति सुरक्षामा असर पार्न सक्ने भए पनि मदिराजन्य पदार्थ बिक्री एवं सेवनमा रोक लगाइएको भक्तपुरकी प्रजिअ शर्माले बताए।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १ : १९ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग