काठमाडौँसहित उपत्यकामा मदिरा बिक्री वितरण एवं सेवनमा निषेध « Khabarhub

काठमाडौँसहित उपत्यकामा मदिरा बिक्री वितरण एवं सेवनमा निषेध


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका छन् । ती कार्यालयले अलग अलग सूचना जारी गर्दै आज राति १२ बजेदेखि यही वैशाख ३० गतेसम्म मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका हुन् । 

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले  आज राति १२ बजेदेखि वैशाख ३० गतेसम्म ललितपुर जिल्लाभरि मदिरा बिक्री र खुलारूपमा सेवन नगर्न नगराउने सार्वजनिक सूचना जारी गरी निर्देशन दिएको जानकारी दिए। जिल्लाका छवटै पालिकाका सुरक्षा निकायले पनि मदिरा बिक्री तथा सेवनलाई कडाइ गर्न सबै पालिकाका मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । भक्तपुर जिल्लामा पनि आज राति १२ बजेदेखि वैशाख ३० गतेसम्म कुनै पनि मदिरा बिक्री तथा सेवन निषेध गरेको प्रमुख जिल्ला अधिकारी रुद्रावेदी शर्माले जानकारी दिए।

    मदिरा बिक्री गरेको, सेवन गरेको पाइए कारबाही गरिने बताउँदै उनले मतगणना नसकिएसम्म मतगणनास्थल आसपासमा मदिरा बिक्री एवं सेवनमा रोक लगाएको जानकारी दिए । 

    यसैगरी काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पनि आज मध्यरातिदेखि ३० गतेसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको जानकारी दिएको छ । निर्वाचनको समयमा मदिरा सेवन बढ्न सक्ने र यसले शान्ति सुरक्षामा असर पार्न सक्ने भए पनि मदिराजन्य पदार्थ बिक्री एवं सेवनमा रोक लगाइएको भक्तपुरकी प्रजिअ शर्माले बताए।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १ : १९ बजे

चितवनमा परीक्षा दिन हिँडेका दुई विद्यार्थीको नारायणीमा डुबेर ज्यान गयो

चितवन– भरतपुर महानगरपालिका-३ बाह्रघरेचोकस्थित मुनलाइट बोर्डिङ स्कुलका दुई विद्यार्थीको आइतबार

ज्ञापनपत्र बुझाउँदै एमालेले भन्यो : गौरीबहादुर कार्कीको प्रतिवेदन खारेज गर

भैरहवा- नेकपा (एमाले) रुपन्देहीले पार्टी अध्यक्ष केपी शर्मा ओली तथा

खरिद ऐन संशोधन हुने कुराले व्यवसायी खुसी, ३७ टेबल धाउनुपर्ने बाध्यता हट्ने आशा

काठमाडौं- नवगठित बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले शनिबार सय बुँदे

भारतीय प्रधानमन्त्री मोदी र साउदी अरेबियाका समकक्षीबीच फोनवार्ता, ऊर्जा संकटदेखि समुद्री जलमार्गबारे कुराकानी

नयाँ दिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरेबियाका युवराज

बाँकेमा अझै १३ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च

नेपालगञ्ज– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेमा उम्मेदवार