यस्तो छ बलिउड सेलेब्सको हाइट « Khabarhub

यस्तो छ बलिउड सेलेब्सको हाइट


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड सेलेब्सको फ्यान विश्वभर छन् । बलिउडकर्मीका फ्यान फ्लोईङ विश्वभर रहेकै कारण फिल्म पनि चल्ने गर्दछन् । 

बलिउड सेलेब्सको लागि आफ्नो महत्वपूर्ण समय फाल्नेको संख्यामा कमी छैन । बलिउडका स्टारहरु शाहरुख खान र आमिर खान नेपाल आउँदा यिनलाई हेर्न यिनको होटल वरपर निकै ठुलो संख्यामा फ्यानको भिडभाड थियो । अर्का स्टार सलमान खान आउने चर्चाले नै अहिले नेपालमा समेत फ्यान उत्साहित छन् । तर के तपाईँलाई यी बलिउड सेलेब्सको हाइट कति छ भन्ने थाहा छ त ? हामी केही बलिउड सेलेब्सको बारेमा केही चर्चा गर्दै छौँ अबको क्रममा ।

बलिउडमा भाइजान भनेर चिनिन्छन् सलमान खान । बलिउडमा सलमानको स्टारडमको चर्चा हुने गर्छ। यिनै सलमानको हाइटको बारेमा भने तपाईँलाई थाहा नहुन पनि सक्छ । फिटनेसको कारण चर्चामा आउने सलमानको हाइट भने ५ फिट ६ इन्च रहेको छ । सलमानसँग नजुरेको जोडी हुन् दीपिका पादुकोण । बलिउड हुँदै हलिउडसम्मको यात्रा तय गरेकी दीपिका पछिल्लो समयकी महँगी एक्ट्रेस पनि हुन् । फिल्म ‘ओम शान्ति ओम’ मार्फत बलिउडमा डेब्यु गरेकी दीपिका यतिबेला निकै व्यस्त छिन् । ग्ल्यामर छविको कारण चर्चामा आउने दीपिकाको हाइट भने ५ फिट ९ इन्च रहेको छ । दीपिकासँग अझै पर्दामा नदेखिएका कलाकार आमिर खानको ‘फ्यानडम’ फरक छ ।

बलिउडमा मिस्टर पर्फेक्ट भनेर समेत आमिरलाइ चिनिने गरिन्छ । उनले अभिनय गरेको फिल्ममा मनोरञ्जन मात्र हुदैन सोसल म्यासेज पनि हुन्छ । यसैले गर्दा आमिरको अभिनय रहेको फिल्मलाई दर्शकले नोटिस गर्ने गर्छन् । यिनै आमिरको हाइट भने ५ फिट ५ इन्च रहेको छ । आमिरपछि चर्चा गरौँ अर्का खान अर्थात् शाहरुख खानको बारेमा ।

बलिउडमा रोमान्स किङको समेत उपनाम पाएका छन् शाहरुख खानले । तर पछिल्लो समय यिनी कमेडी एक्सन जनरकै फिल्ममा बढी रमाइरहेका छन् । पछिल्लो फिल्म मार्फत असफलताको स्वाद पाएका शाहरुखको हाइट भने ५ फिट ७५ इन्च रहेको छ । साहरूखले आउँदो वर्ष बलिउडमा कमब्याक समेत गर्दैछन् । शाहरुखपछि कुरा गरौँ कट्रिना कैफको बारेमा ।

कट्रिना कैफ बलिउडमा फिल्मु ‘मैने प्यार क्यु किया’ मार्फत मार्क भएकी हुन् । सलमान खान, रनवीर कपूरसँगको प्रेमका कारण चर्चा समेत आएकी कट्रिनाले विक्की कौशलसँग विवाह समेत गरिसकेकी छिन् । अग्ली कद कि एक्ट्रेस भनेर चिनिने कट्रिना हाइट ५ फिट ८ इन्च हो । कट्रिना पश्चात चर्चा गरौँ आलिया भट्टको बारेमा। निर्माता महेश भट्ट कि छोरी आलियाले ‘स्टुडेन्ट अफ द इयर’ मार्फत डेब्यु गरेकी थिइन् ।

त्यसपछिका दिनमा उनलाई फिल्महरूले नै चर्चामा ल्यायो र उनी सफल भइन् । यिनै आलियाको हाइट भने ५ फिट ३ इन्च रहेको छ ।

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  २ : ३२ बजे

बजेटमा कोशी : भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता, निजी क्षेत्र पनि उत्साहित

विराटनगर – आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई विशेष प्राथमिकता

स्वास्थ्यमा बजेट बढ्यो, तर हिस्सेदारी घट्यो : यी हुन् प्राथमिकतामा परेका २५ बुँदा

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य तथा

बजेटमा सुदूरपश्चिम : पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म

महेन्द्रनगर – सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको

बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाइने

बागमती – सरकारले बजेटमा बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक