यस्तो छ बलिउड सेलेब्सको हाइट | Khabarhub Khabarhub

यस्तो छ बलिउड सेलेब्सको हाइट


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड सेलेब्सको फ्यान विश्वभर छन् । बलिउडकर्मीका फ्यान फ्लोईङ विश्वभर रहेकै कारण फिल्म पनि चल्ने गर्दछन् । 

बलिउड सेलेब्सको लागि आफ्नो महत्वपूर्ण समय फाल्नेको संख्यामा कमी छैन । बलिउडका स्टारहरु शाहरुख खान र आमिर खान नेपाल आउँदा यिनलाई हेर्न यिनको होटल वरपर निकै ठुलो संख्यामा फ्यानको भिडभाड थियो । अर्का स्टार सलमान खान आउने चर्चाले नै अहिले नेपालमा समेत फ्यान उत्साहित छन् । तर के तपाईँलाई यी बलिउड सेलेब्सको हाइट कति छ भन्ने थाहा छ त ? हामी केही बलिउड सेलेब्सको बारेमा केही चर्चा गर्दै छौँ अबको क्रममा ।

बलिउडमा भाइजान भनेर चिनिन्छन् सलमान खान । बलिउडमा सलमानको स्टारडमको चर्चा हुने गर्छ। यिनै सलमानको हाइटको बारेमा भने तपाईँलाई थाहा नहुन पनि सक्छ । फिटनेसको कारण चर्चामा आउने सलमानको हाइट भने ५ फिट ६ इन्च रहेको छ । सलमानसँग नजुरेको जोडी हुन् दीपिका पादुकोण । बलिउड हुँदै हलिउडसम्मको यात्रा तय गरेकी दीपिका पछिल्लो समयकी महँगी एक्ट्रेस पनि हुन् । फिल्म ‘ओम शान्ति ओम’ मार्फत बलिउडमा डेब्यु गरेकी दीपिका यतिबेला निकै व्यस्त छिन् । ग्ल्यामर छविको कारण चर्चामा आउने दीपिकाको हाइट भने ५ फिट ९ इन्च रहेको छ । दीपिकासँग अझै पर्दामा नदेखिएका कलाकार आमिर खानको ‘फ्यानडम’ फरक छ ।

बलिउडमा मिस्टर पर्फेक्ट भनेर समेत आमिरलाइ चिनिने गरिन्छ । उनले अभिनय गरेको फिल्ममा मनोरञ्जन मात्र हुदैन सोसल म्यासेज पनि हुन्छ । यसैले गर्दा आमिरको अभिनय रहेको फिल्मलाई दर्शकले नोटिस गर्ने गर्छन् । यिनै आमिरको हाइट भने ५ फिट ५ इन्च रहेको छ । आमिरपछि चर्चा गरौँ अर्का खान अर्थात् शाहरुख खानको बारेमा ।

बलिउडमा रोमान्स किङको समेत उपनाम पाएका छन् शाहरुख खानले । तर पछिल्लो समय यिनी कमेडी एक्सन जनरकै फिल्ममा बढी रमाइरहेका छन् । पछिल्लो फिल्म मार्फत असफलताको स्वाद पाएका शाहरुखको हाइट भने ५ फिट ७५ इन्च रहेको छ । साहरूखले आउँदो वर्ष बलिउडमा कमब्याक समेत गर्दैछन् । शाहरुखपछि कुरा गरौँ कट्रिना कैफको बारेमा ।

कट्रिना कैफ बलिउडमा फिल्मु ‘मैने प्यार क्यु किया’ मार्फत मार्क भएकी हुन् । सलमान खान, रनवीर कपूरसँगको प्रेमका कारण चर्चा समेत आएकी कट्रिनाले विक्की कौशलसँग विवाह समेत गरिसकेकी छिन् । अग्ली कद कि एक्ट्रेस भनेर चिनिने कट्रिना हाइट ५ फिट ८ इन्च हो । कट्रिना पश्चात चर्चा गरौँ आलिया भट्टको बारेमा। निर्माता महेश भट्ट कि छोरी आलियाले ‘स्टुडेन्ट अफ द इयर’ मार्फत डेब्यु गरेकी थिइन् ।

त्यसपछिका दिनमा उनलाई फिल्महरूले नै चर्चामा ल्यायो र उनी सफल भइन् । यिनै आलियाको हाइट भने ५ फिट ३ इन्च रहेको छ ।

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  २ : ३२ बजे

मुग्लिन पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम 

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम

ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल

काठमाडौं– अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको पुनरोदयसँगै उदाएको दक्षिणपन्थी राजनीतिभित्रै

त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने

काठमाडौं– त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडक सोमबारदेखि दिउँसो चार घण्टा

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली