एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस डेटा अफर « Khabarhub

 एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस डेटा अफर


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई मध्यनजर गर्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ ।

उक्त अफरमा ग्राहाकले एनसेल एपमार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनसस्वरुप ५० एमबी देखी १०० एमबी डेटा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

 यो अफर वैशाख २३ गतेबाट लागू भइसकेको छ ।  जसअन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पठाउँनेछन् । 


५० देखी ९९ रिचार्ज गर्ने ग्राहकहरूले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा पाउने कम्पनीले जनाएको छ । १०० देखी १९९ सम्मको रिचार्जमा ३ पदन समय सिमा भएको २०० एमबी डेटा प्राप्त गर्न सक्ने छन् ।

त्यसैगरी २०० वा सो भन्दा बढीको रिचार्ज गर्ने ग्राहकहरूले ५०० एमबी डेटा पाउने कम्पनीले जनाएको छ । 


नया बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू जस्तै : कम्बोप्याक, गज्जबको दैनिक जीवी प्याक र अल नेट भोइसप्याक लाई सुलभ दरमा डेटा र भोइस सेवामा पहुँच सुनिश्चित गरेको छ । 

डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकहरूका लागि कम्बोप्याक रहेको छ जसमा ५ जीबी डेटा भोल्युम र १००मिनेट अल नेट टकटाइम पाइन्छ । यस मा पाइने टकटाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ । करसहित रु १६८ पर्ने यो प्याक एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ह्यास डायल गरि सजिलै लिन सकिने कम्पनीले जनाएको छ । 

भ्वाइस सेवा मात्र चाहिने ग्राहकहरूले मात्र ९४ मा ७ दिनका लागि मान्य १५० मिनेटको अलनेट भ्वाइस प्याक लिन सक्ने छन् । एनसेलका प्रिपेड प्रयोगकर्ताहरूले एष्ट्रिक्स १७११८ एष्ट्रिक्सएष्ट्रिक्सह्यास डायल गरि यो भ्वाइस प्याक लिन पाउने छन् ।

दैनिकरूपमा डेटा चाहिने प्रिपेड ग्राहकहरूका लागि गज्जबको दैनिक जीबी प्याकको विकल्प पनि रहेको छ। यसमा ग्राहकले मात्र रु १२९ मा ७ दिनका लागि दैनिक १ जीबी डेटा भोल्युम सक्ने छन् ।


एष्ट्रिक्स १७१२३ एष्ट्रिक्सह्यास डायल गरि ग्राहकहरूले यो प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ३ : २३ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग