काठमाडौँलाई कान्तिपुरी नगरी बनाउँछु : सुनिता डंगोल « Khabarhub

काठमाडौँलाई कान्तिपुरी नगरी बनाउँछु : सुनिता डंगोल


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमालेबाट काठमाडौँ महानगरको उपमेयरकी उम्मेदवारी सुनिता डंगोलले काठमाडौँलाई मौलिक सहरको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएकी छन् ।

काठमाडौँमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले विश्वको कुनै सहर जस्तो होइन काठमाडौँलाइ कान्तिपुरी नगरीको रुपमा विकास गर्ने बताइन् ।

‘काठमाडौँलाई कतिले विश्वका कुनै सहरजस्तो बनाउँछु भने,’ उनले भनिन्, ‘तर, काठमाडौँलाई कुनै विश्वको सहरजस्तो होइन काठमाडौँ जस्तै, कान्तिपुर नगरी सहर बनाउँछु ।’

काठमाडौँको शिक्षा, स्वास्थ्य क्षेत्रमा विकास गर्ने भन्दै उनले देशको विकासकै लागि नै एमाले सरकारको आवश्यक रहेको बताइन् सहभागीको जवाफ माग्दै सम्बोधन गरेकी उनले विकास र समृद्धिको सपना पूरा गर्न एमालेलाई जिताउनुपर्ने बताइन् ।

जनमतको कदर गर्ने र अपेक्षा पूरा गर्ने आश्वासन दिँदै उनले एमालेलाई मत दिन आह्वान गरेकी छन् ।

 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ४ : २७ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी