काठमाडौँलाई कान्तिपुरी नगरी बनाउँछु : सुनिता डंगोल « Khabarhub

काठमाडौँलाई कान्तिपुरी नगरी बनाउँछु : सुनिता डंगोल


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमालेबाट काठमाडौँ महानगरको उपमेयरकी उम्मेदवारी सुनिता डंगोलले काठमाडौँलाई मौलिक सहरको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएकी छन् ।

काठमाडौँमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले विश्वको कुनै सहर जस्तो होइन काठमाडौँलाइ कान्तिपुरी नगरीको रुपमा विकास गर्ने बताइन् ।

‘काठमाडौँलाई कतिले विश्वका कुनै सहरजस्तो बनाउँछु भने,’ उनले भनिन्, ‘तर, काठमाडौँलाई कुनै विश्वको सहरजस्तो होइन काठमाडौँ जस्तै, कान्तिपुर नगरी सहर बनाउँछु ।’

काठमाडौँको शिक्षा, स्वास्थ्य क्षेत्रमा विकास गर्ने भन्दै उनले देशको विकासकै लागि नै एमाले सरकारको आवश्यक रहेको बताइन् सहभागीको जवाफ माग्दै सम्बोधन गरेकी उनले विकास र समृद्धिको सपना पूरा गर्न एमालेलाई जिताउनुपर्ने बताइन् ।

जनमतको कदर गर्ने र अपेक्षा पूरा गर्ने आश्वासन दिँदै उनले एमालेलाई मत दिन आह्वान गरेकी छन् ।

 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ४ : २७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया