एमालेसँग लड्न नसकेर गठबन्धन बनाए : अध्यक्ष ओली  « Khabarhub

एमालेसँग लड्न नसकेर गठबन्धन बनाए : अध्यक्ष ओली 


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न नसक्ने भएपछि पाँच दलीय गठबन्धन बनाएको आरोप लगाएका छन् । गृहनगर दमकमा भएको एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमालेसँग लड्न नसकेपछि गठबन्धन बनाएको दाबी गरे ।

गठबन्धनको उद्देश्य भने विकास र समृद्धिलाई रोक्नु मात्र भएको बताए । विकास रोक्नु, सुशासन हुन नदिनु, स्थायित्व र स्थिरता देशमा हुन नदिनु गठबन्धनको उद्देश्य भएको उनको भनाइ थियो । देश विकास गर्ने एमालेविरुद्ध मोर्चा बनाएर घेराबन्दी भएको बताए । उनले प्रजातन्त्र पुनर्स्थापनापछिको ३० वर्षमा कांग्रेस एक्लैले २० वर्ष र अरूसँग मिलेर गरी २० वर्ष देश चलाउँदा पनि केही विकास गर्न नसकेको दाबी गरे । उनले कांग्रेसले केही गर्न नचाहेको बताए ।

कांग्रेसलाई विरोध गर्न मात्र आउने उनको भनाइ थियो । ‘ढलेको धरहरा हामीले उठायौँ । तर, सेतो भ्युटावर भन्दा केही पनि हैन रे । उनीहरू हरेक कुरालाई नकारात्मक ढंगले हेर्छन् । धरहरा बनेकोमा पिर परेको छ,’ उनले भने, ‘रानीपोखरी बनेकोमा पिर परेको छ । पुनर्निर्माण भएकोमा पिर परेको छ । पुरातात्विक महत्त्वका सामग्री निर्माण भएको र नौ लाख भूकम्पपीडितलाई घर बताइदिएकोमा पिर परेको छ । मदन भण्डारी राजमार्ग र हजारौँ पुल बनेकोमा पीर परेको छ ।’

हुलाकी राजमार्गअन्तर्गत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा मात्र २७ वटा पुल बनेकाले के भनेर भोट मागेर जाने भन्नेमा संकट परेको बताए । उनले कांग्रेसलाई लोकतन्त्रको बाटोमा फर्कन आग्रह गरे । ‘कांग्रेसलाई अझै पनि लोकतन्त्रको बाटोमा फर्कन सचेत गराउन चाहन्छुलोकतन्त्रविरोधी अनेक जालझेल नगर्नुस् । संसद्‌बाट सरकार बनाउने बाटोमा फर्कनुस् । जालझेल गरेर अदालतमा सेटिङ मिलाएर परमादेशबाट प्रधानमन्त्री खाने कुबुद्धि नआओस्,’ ओलीले भने, ‘कमसेकम हामीले प्रतिस्पर्धी त पाउँ । यहाँ त प्रतिस्पर्धी नै नहुने भयो । एमालेलाई अगाडिबाट देख्यो कि भागमभाग । चुनाव आयो कि, सरकार चलाउन पर्‍यो कि सबै धुरिन्छन् ।’

उनले कांग्रेस एमालेविरुद्ध जे भेट्यो त्यही बोक्ने अवस्थामा पुगेको दाबी गरे । ‘कहीँ राप्रपा, कहीँ प्रचण्ड त कहीँ माधव नेपाल बोकेका छन्,’ ओलीले भने, ‘कांग्रेस एमाले विरुद्ध जो भेट्यो त्यही बोक्ने अवस्थामा पुग्यो ।’

उनले दमकको विकासका लागि एमाले नै चाहिने बताए । एमालेकै नेतृत्वले दमक विश्वमा चिनिएको दाबी गरे । ‘एमालेको लालकिल्ला दमकमा एमालेलाई पाँच दलीय गठबन्धनले नभएर राप्रपासहितको ६ दलीय गठबन्धन बनाएका छन्,’ उनले भने, ‘दमकमा पार्टी नहेनुस् । विकासका लागि एमालेलाई जिताउनुस् ।’

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ४ : १० बजे

एक हजार ३३ केजी गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ– मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४

‘आधा जिन्दगी’ गीतको पूर्ण जीवनदर्शन

एस्पी कोइराला नेपाली सुगम सङ्गीत तथा गीति-साहित्यको क्षेत्रमा एक परिचित

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौँ– नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका सम्पन्न

‘निम्स दाइको साहस अमर रहनेछ’

काठमाडौँ – पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो

पहिरो र बाढीका कारण देशका विभिन्न सडक अवरुद्ध : मेची राजमार्ग ठप्प

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न