लमजुङमा निर्वाचन सामग्रीसहित कर्मचारी खटिए « Khabarhub

लमजुङमा निर्वाचन सामग्रीसहित कर्मचारी खटिए


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– स्थानीय तह निर्वाचनका लागि लमजुङमा निर्वाचन सामग्रीसहित मतदान केन्द्रका कर्मचारी खटिएका छन् ।

जिल्लामा आठ सय ९५ जना कर्मचारी खटिएका हुन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा १२३ मतदानस्थल र १८२ मतदान केन्द्र रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय ८२ जना मतदान अधिकृत र एक सय ८२ जना नै सहायक मतदान अधिकृत खटिएका छन् ।

यसमा तीन सय ४९ जना सहयोगी कर्मचारी र एक सय ८२ जना कार्यालय सहयोगी पनि मंगलबारसम्म खटिसकेकाे मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार निर्वाचन तयारी पूरा भएसँगै मतदान केन्द्रमा मतदानका सामग्रीसहित कर्मचारी गाउँगाउँ पुगेका हुन् ।

निर्वाचन सफल पार्न चारै तहका कर्मचारी मतदात केन्द्रमा पुगेकोे लमजुङका प्रमुख जिल्ला अधिकारी शुसील वैद्यले बताए । प्रत्येक मतदान केन्द्रमा तीन तीन जना गरी पाँच सय ४६ जना स्वयंसेवक खटाइएको छ ।

एउटा मतदानस्थलमा एकदेखि तीन वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

कार्यालयका अनुसार पाँच सयभन्दा कम मतदाता रहेको १५ वटा मतदान केन्द्र छन् ।

पाँच सयसम्म मतदाता रहेको केन्द्रमा एक जना सहायक कर्मचारी र पाँच सयभन्दा बढी मतदाता रहेको केन्द्रमा दुई जना सहायक कर्मचारी खटिएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ५ : ०० बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग