४४ अङ्कले बढ्यो नेप्से « Khabarhub

४४ अङ्कले बढ्यो नेप्से


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । मङ्गलबार बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसूचक कारोबार बन्द हुँदासम्म कायम रह्यो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.१६ अङ्कले उकालो लागेर दुई हजार ३१३ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ७.६७ अङ्कले उकालो लागि ४४७.१४ मा पुगेको छ ।

नेप्सेमा भारी वृद्धि देखिए पनि कारोबार रकम भने उल्लेख्यरूपमा वृद्धि भएन । कूल २२६ कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता शेयर रु एक अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ मा कारोबार भयो । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३२ अर्ब ९० अर्ब ५७ करोड ९८ लाख ७० हजार बराबर रहेको छ ।

कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २२.५५, व्यापार १४.४१, होटल तथा पर्यटन ३६.८६, विकास बैंक १०३.०६, जलविद्युत् ९६, वित्त ५४.०९, निर्जीवन बीमा १२४.०५, उत्पादन ६२.९७, अन्य ३५.११, लघुवित्त ८६.५, जीवन बीमा २३६.८१, सामूहिक लगानी कोष ०.०५ र लगानी १.७ अङ्कले बढेका छन् ।

कारोबारका आधारमा न्यादी ग्रुप अफ पावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ९८ लाख तीन हजारको शेयर कारोबार भयो । यस्तै अरुण भ्याली हाइड्रोपावरको रु चार करोड २५ लाख २३ हजार ९१७, नेपाल दूरसञ्चार कम्पनीको रु तीन करोड ८२ लाख ८९ हजार ४३५, बरुण हाइड्रोपावरको रु तीन करोड ७४ लाख २६ हजार र नबिल बैंकको रु तीन करोड ६८ लाख ८७ हजार ४७० बराबरको कारोबार रही शीर्ष पाँचभित्र रहे ।

नेप्सेमा उच्च वृद्धि हुँदा मङ्गलबार तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । ती कम्पनीमा बरुण हाइड्रोपावर, न्यादी ग्रुप अफ पावर र जालपा सामुदायिक लघुवित्त छन् ।

यस्तै युनिभर्सल पावर कम्पनी ९.९७ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ९.१७ प्रतिशतले कमाउँदा उता एनआइविएल समृद्धि फण्ड दोस्रो ४.८२, उन्नति सहकार्य लघुवित्त २.५२, नबिल डिवेञ्चर १.९६, कृषि विकास बैंकको डिबेञ्जर १.९५ र गुराँस लघुवित्तका लगानीकर्ताले १.६१ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ६ : १९ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट