चुनावी सभाको अन्तिम दिन : झुक्किएर माधव नेपालले मागे एमालेलाई भोट « Khabarhub

चुनावी सभाको अन्तिम दिन : झुक्किएर माधव नेपालले मागे एमालेलाई भोट


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधान मास्न खोज्नेलाई जनताले कुनै हालतमा विश्वास नगर्ने बताए ।

मंगलबार ललितपुरको लुभुमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुई पटक संसद बिघटन गरेर संविधान मास्न खोज्नेलाई जनताले विश्वास नगर्ने बताएका हुन् । उनले प्रतिगामी तत्व नेकपा एमाले र केपी ओली भएकाले चूनावमा भोट माग्ने अधिकार नराख्ने तर्क गरे । अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेकाले चर्चा गर्नुपर्ने अवस्था नरहेको भन्दै अब कलम चिन्ह चम्किने दाबी गरे ।

सम्बोधनका क्रममा अध्यक्ष नेपालले झुक्किएर आफ्ना उम्मेदवारहरूलाई ‘सूर्य’ चिन्हमा मात्र छाप हाल्नुपर्ने धारणा राखेका थिए । त्यसपछि उनले सरी भन्दै ‘सूर्य’ लाई अस्वीकार गर्ने बानि नै बसेको बताएका थिए । सूर्यमा मत माग्दै गरेका नेपाललाई उनका कार्यकर्ताले रोकेर कलम चिन्हमा मत माग्न अनुरोध गरे । त्यसपछि पनि उनी एकछिम अकमक्किए । एक छिन अलमल्लिएका नेपालले पछि सूर्यलाई पराजित गर्न कलम चिन्हमा मतदान गर्न आग्रह गरे । 

उनले महालक्ष्मी नगरमा गठबन्धनबीच तालमेल गर्ने प्रयास गरेपनि सफल हुन नसकेको बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ६ : ५० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया