ताप लहरसँगै पाकिस्तानमा उर्जा संकट पनि बढ्दै « Khabarhub

ताप लहरसँगै पाकिस्तानमा उर्जा संकट पनि बढ्दै


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताप लहरसँगै विद्युतको माग बढेपछि पाकिस्तानमा विद्युत कटौती बढ्न थालेको छ । पाकिस्तानका धेरै क्षेत्रहरुमा लामो समयसम्म विजुली जाने समस्या रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानका केही स्थानमा दैनिक ६ देखि १० घण्टासम्म लोडसेडिङ हुने भएपनि ग्रामिण क्षेत्रमा भने दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

इन्धन तथा ग्यासको अभाव र थर्मल प्लान्टबाट हुने विद्युतको उत्पादनमा ह्रास आएसँगै पाकिस्तानमा विद्युतको संकट देखिएको बताइएको छ । पाकिस्तानमा कूल विद्युतमध्ये माग भन्दा ६ देखि ७ हजार मेगावाट कम बिजुली आपूर्ति हुने गरेको छ ।

ताप लहरका कारण खैबर पख्तुनख्वा क्षेत्रका केही स्थानमा १५ घण्टा सम्म लोडसेडिङ हुने गरेको छ । त्यसबाहेक कराँची र बलोचिस्तानका धेरै स्थानमा पनि लोडसेडिङको समस्या रहेको जनाइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : ५४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया