प्रसव फिस्टुला हुने कारण, जोखिम र उपचार | Khabarhub Khabarhub

प्रसव फिस्टुला हुने कारण, जोखिम र उपचार



प्रसव फिस्टुला प्रसूति भएका महिलाहरूमा देखिने एउटा स्वास्थ्य समस्या हो । यसले महिलाहरूलाई शारीरिक, मानसिक एवं सामाजिक रूपमा असर पुर्‍याउँछ । सामान्य अवस्थामा योनिमार्गलाई पिसाब थैली र मलद्वार वा मलाशयसँग जोड्ने कुनै प्वाल हुँदैन । योनिमार्गबाट पिसाब थैली वा मलाशय वा दुवैमा खुल्ने अस्वाभाविक प्वाललाई फिस्टुला भनिन्छ ।

बच्चा जन्माउने क्रममा योनिमार्गमा बन्ने यस्तो प्वाललाई प्रसव फिस्टुला भनिन्छ । महिलाहरूमा योनिमार्गको अगाडि पिसाब थैली र पछाडि मलाशय हुन्छ । प्रसूति हुने क्रममा लामो समयसम्म सुत्केरी व्यथा लाग्दा शिशुको टाउकोले योनिमार्ग र आमाको पिसाब थैली वा मलाशयलाई लगातार लामो समयसम्म च्यापेर, थिचेर प्वाल पार्छ र प्रसव फिस्टुला हुनसक्छ ।

हाम्रो देशमा अझै पनि सुविधायुक्त स्वास्थ्य संस्थामा गएर दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराउने चलन कम छ । त्यसैले पनि यस्तो समस्या घट्न सकेको छैन । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार १ हजार जनामध्ये ३ जना महिलामा प्रसव हुँदा यो समस्या देखा पर्छ । संसारभर प्रत्येक वर्ष १ लाख महिलामा यो समस्या देखापर्छ ।

नेपालमा प्रत्येक वर्ष ४ सयदेखि ५ सय महिलामा यो समस्या देखापर्छ भने अहिले देशभर करिब ४ हजार ३ सय ६० जना महिला यसबाट पीडित छन्। प्रसव फिस्टुला रोगीको संख्या बढ्दै जानुले महिलामा शारीरिक तथा मानसिक तनावका साथै सामाजिक असहजता उत्पन्न गराउँछ। तुलनात्मक रूपमा हेर्दा योनिमार्ग र मलाशयबीच बन्ने फिस्टुला भन्दा पिसाब थैली र योनिमार्गबीच बन्ने फिस्टुलाको समस्या धेरै पाइन्छ ।

प्रसव फिस्टुला हुने कारण
लामो समयसम्म कठिन प्रसूति व्यथा लाग्नु नै यसको मुख्य कारण हो। लामो समय प्रसूति व्यथा लागिरहँदा शिशुले योनिमार्ग र पिसाबथैली वा मलाशयलाई धेरैबेर थिचेर घाउ बनाउँदा प्वाल पर्छ जुन पछिसम्म रहन्छ। १ सयमध्ये करिब ९५ जनामा प्रसव फिस्टुला हुनुको कारण लामो प्रसव व्यथा हो ।

यसबाहेक अन्य कारणले पनि फिस्टुला हुन सक्छ। सामान प्रयोग गरी वा अप्रेसन गरी प्रसूति गराउँदा वा अन्य अप्रेसन गर्दा गल्तीले प्वाल पर्दा पनि यो समस्या उत्पन्न हुनसक्छ ।

त्यसैगरी योनिमा चोटपटक लाग्दा (जस्तै यौन सम्पर्क राख्दा, अन्य कारणले योनिमा चोटपटक लाग्दा आदि) तथा योनिको संक्रमणबाट पनि कसैकसैमा यो समस्या देखा पर्नसक्छ ।

कस्तो महिलामा बढी देखिन्छ ?
मुख्य रुपमा यो समस्या प्रसुती पछाडी नै हुन्छ, बच्चा पाउदा पिसाव थैली अगाडी हुन्छ, बिचमा बच्चा दानी हुन्छ, दिशाको नली पछाडी हुन्छ । बच्चा पाउदा हड्डी र बच्चाको टाउकोको बिचमा यी अगं धेरै बेर च्पापिदा रक्त संचार कम भएर प्वाल पर्ने डर हुन्छ ।

कहिलेकाहीँ चोट पटक लागेर पनि फिस्टुला हुन सक्छ । योनी बाट कुनै घाउ चोटपटक लाग्यो भने पिसाव थैलीमा, दिशा थैलीमा प्वाल पर्यो भने फिस्टुला हुन सक्छ। कहिले इन्फेक्सनले गर्दा र कुनै रोगको शल्यक्रिया पछि (तल्लो पेटमा शल्यक्रिया, बच्चा पाउने शल्यक्रिया, पाठेघर फाल्ने शल्यक्रिया गरीएको छ भने नजिकको अगंमा प्वाल परेर फिस्टुला हुन सक्छ ।

यस्तोलाई हामीले अस्पताल जन्य फिस्टुला, आइट्रोजन्य फिस्टुला भन्छौँ । तर प्रसव फिस्टुला लामो समय बेथा लागेर अस्पताल वा स्वास्थ्य संस्थामा बच्चा नजन्माउदा, शल्यक्रिया गरेर बच्चा जन्माउने अवस्थामा प्रसव फिस्टुला हुन सक्छ ।

दिसा, पिसाव चुहिदाँ मानिस लाई मानसिक, सामाजिक समस्या उत्पन्न हुन्छ । फेरी बच्चा बनाउन मन नलाग्ने, घर परिवारले हेला गर्ने, श्रीमानले हेला गर्ने समस्या पनि आउन सक्छन ।

फेरी बच्चा जन्माउदा जोखिम
प्रसव फिस्टुला भएपछि उपचार गरेर फेरी जन्माउन त मिल्छ । तर पहिले शल्यक्रिया गरेको ठाउँ फेरी फाट््रन सक्ने भएकाले शल्यक्रिया गरेर बच्चा निकाल्नु पर्छ ।

फिस्टुला भएका हरुलाई नर्मल बच्चा जन्माउन गाह्रो हुन्छ । बच्चा जन्माउन नमिल्ने होइन तर सावधानी अपनाउनु पर्छ।

समयमै उपचार गर्नु राम्रो
समयमा उपचार गरीएन भने चौबिसै घण्टा दिशा पिसाव चुहिने हुदाँ परिवारले हेला गर्ने, सामाजिक रुपमा बहिस्कृत हुने हुन्छ । समयमै उपचार गरेर यस्ता समसया भएका धेरै महिला निको भएका छन। घर परिवार, समुदायमा थाहा भएको खण्डमा शल्यक्रिया गर्ने अस्पतालमा लैजानुपर्छ।

बिरामीलाई खानादेखि सबै उपचार निशुल्क हुन्छ, कुनै खर्च लाग्दैन। हामीलाई फिस्टुला फाउन्डेसन भन्ने संस्थाले सहयोग गरेको छ । यो फिस्टुला हो भनेर पठाउनु भयो भने हामीले जाचँ गरेर बिरामीलाई उपचार गर्छौ ।

उपचार हुने अस्पताल
काठमान्डौ मोडल हस्पिटलमा बर्षमा करिव सय जनाको उपचार र शल्यक्रिया गर्छौ। निशुल्क उपचार हुन्छ । कुनै अस्पतालमा गएर देखाउदाँ यो खालको फिस्टुला हो हो भनेपछि यहाँ आउदा बिरामी लाई जाचबुझ गरेपछि बिरामी लाई भर्ना गरेर उपचार गर्छौ।

नेपालमा काठमान्डौ मोडल हस्पिटल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, प्रादेशिक अस्पताल सुर्खेत मा पनि यो सेवा निशुल्क हुन्छ ।

उपचार गरीसकेपछि ध्यान दिनुपर्ने कुरा

एक पटक उपचार गरेपछि अर्को बच्चा नर्मल जन्माउन मिल्दैन सिजरियन गर्नु पर्छ। सिजरियन गरेपछि पौष्टिक खानेकुरा सगंै आरामको पनि जरुरत पर्छ ।

दिनमा ३ देखि ४ लिटर झोल कुरा खानु पर्छ। । यौन सम्पर्क पनि ३ देखि ४ महिना गर्नु हुदैन। साथै, व्यक्तिगत सरसफाइमा पनि ध्यान दिनु पर्छ ।

घरपरिवारको भुमिका
घरपरिवारको धेरै सहयोग चाहिन्छ । घररिवार, श्रीमानले उपचार गर्न लैजानु पर्यो हेला गर्नु भएन। यसको उपचार गरे निको हुन्छ भन्ने सोच बनाउनु पर्यो । उपचार खर्चपनि नलाग्ने भएकाले परिवार, समाजले सहयोग गर्नु पर्छ ।

समस्या आउन नदिन के गर्ने ?
मुख्य कुरा भनेको प्रसव गराउने बेलामा स्वास्थ्य संस्थामा जानु पर्यो। घरमा गराउनु भन्दा स्वास्थ्य संस्थामा गयो भने धेरै सुविधा पनि रहेको छ । केही जटिलता भयो भने तुरुन्तै उपचार गर्न सकिन्छ । कसैलाई लामो बेथा लाग्यो भने कुनै अगंमा प्वाल नहोस भनेर पिसाव थैलीमा सानो पाइप राख्न सकिन्छ ।

यसले पिसाव थैलीलाई आराम दिन्छ र फिस्टुला हुन दिदैन। कम उमेरमा बिवाह गर्नु भएन। आमाको शारीरीक बनावट पुर्ण रुपमा बिकास नभएको अवस्थामा बच्चा जन्माउदा फिस्टुला हुने सम्भावना बढी हुन्छ ।

खानपिन, व्ययाममा बिशेष ध्यान दिनु पर्छ। पिसाव चुहिरहने समस्या भयो भने फिस्टुला हुन सक्छ समस्या देखिन साथ अस्पताल जानु पर्छ ।

(डा. गणेश दंगालसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ९ : ०६ बजे

रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ

नेपालले भुटानको सफल जलविद्युत विकासबाट महत्त्वपूर्ण पाठ सिक्न सक्छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भुटानका ऊर्जा तथा

अर्थसंक्षेप : मध्यभोटेकोशी आयोजनाबाट एक महिनाभित्र १०२ मेगावाट बिजुली, दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

काठमाडौं- चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको

छवि पक्राउ परेपछि रविलाई भेट्न पुगे रास्वपाका नेता

काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

एनएमबि खेती कर्जाको लागि बागमती गाउँपालिकासँग सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेड, डि.भी एक्सेलस प्रालि (खेती एप) र