मुख्यमन्त्री यादवको आरोप- केही दलले आफू मधेशवादी रहेको झुटा नाटक गर्दैछन् « Khabarhub

मुख्यमन्त्री यादवको आरोप- केही दलले आफू मधेशवादी रहेको झुटा नाटक गर्दैछन्


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले केही दलले आफूलाई मधेशवादी रहेको झुटा नाटक गरिरहेको आरोप लगाएका छन् ।

शनिबार प्रदेशवासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले जसपा, लोसपा लगायत केही दलले आफूलाई मधेशवादी रहेको झुटा नाटक गरिरहेको आरोप लगाएका हुन् । आफूलाई मधेशवादी भन्दैमा कोही मधेशवादी नहुने भन्दै उनले व्यवस्थामा पुष्टि गर्न सक्नुपर्ने बताए । 

मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकार गठनको मुद्दा अदालतमा विचाराधीन रहेका अवस्थामा त्यसलाई लिएर प्रदर्शन गर्नुको कुनै अर्थ नरहेको बताए । उनले अदालतलाई विश्वास गर्दै आन्दोलन अन्त्य गर्न र संवादमा आउन आन्दोलनरत दललाई आग्रह समेत गरे । उनले आफ्नो प्रतिष्पर्धा कुनै दलसँग नरहेको र  मधेशको गरिब, शान्ति सुरक्षा र समृद्धि नै आफ्नो प्राथमिकतामा रहेको बताए ।  

उनले मधेश प्रदेशमा विपक्षीले जारी राखेको आन्दोलनमा भारतको हस्तक्षेप भएको आरोप समेत लगाउनुभयो । मुख्यमन्त्री यादवले मधेश प्रदेशमा शान्तिसुरक्षा भंग गर्ने प्रयास भइरहेको समेत टिप्पणी गरे ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ४ : ०१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार