सवारी साधनको दर्ता अब तनहुँबाटै « Khabarhub

सवारी साधनको दर्ता अब तनहुँबाटै


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिकास्थित डुम्रेमा रहेको यातायात व्यवस्था कार्यालयले जिल्लाबाटै सवारी साधन दर्ता कार्य सुरु गर्ने भएको छ । पोखराबाट मात्र हुँदै आएको सवारी साधन दर्ताको काम अब तनहुँबाट पनि सुरु हुन लागेको हो । तनहुँबाटै सवारी साधन दर्ता हुने भएपछि सवारी साधन दर्ताका लागि पोखरा जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । यो कार्यले तनहुँ मात्र नभई गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज हुनेछ ।

कार्यालय प्रमुख विष्णु केसीले केही दिनभित्रै सवारी साधन दर्ताको काम सुरु हुने जानकारी दिए । ‘अहिले बिलबुक मात्रै नवीकरणको काम गर्दै आएको कार्यालयले अब केहीदिनमै सवारी साधनको दर्ता सुरु गर्ने तयारी गरेको छ’, केसीले भने, ‘अब यहीँबाटै सवारी चालक अनुमतिपत्र नवीकरण र नयाँ वितरणको कामसमेत सुरु हुन्छ ।’

कार्यालयले सम्भव भएसम्म असार पहिलो हप्ताबाट सवारी चालक अनुमतिपत्र वितरण र नवीकरणको कामसमेत सुरु गर्ने तयारी गरेको छ । सवारी चालक अनुमतिपत्र वितरणका लागि परीक्षा र ट्रायल दिने व्यवस्था मिलाउन कार्यालयले विमलनगरमा पूर्वाधार निर्माण थालेको छ ।

यातायात व्यवस्था कार्यालयले अनलाइनमा फारम खुलाएपछि विमलनगरमा ट्रायल दिने व्यवस्था मिलाइनेछ । कार्यालयले बिलबुक नवीकरणको काम भने सुरुदेखि नै गर्दै आएको छ । कार्यालयले विमलनगर–४ मा एक घर पाँच वर्षका लागि भाडामा लिनका लागि सम्झौता गरिसकेको छ । सवारी चालक अनुमतिपत्र वितरण र नवीकरण पनि तनहुँबाट हुने भएपछि यस भेगकै सर्वसाधारणलाई राहत मिल्नेछ । अहिले सवारी साधन दर्ता, सवारी चालक अनुमति नवीकरणलगायत कामका लागि पोखरासम्म जानुपर्ने अवस्था छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ११ : ५५ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ