जेठ २९ र ३० गते ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन हुने « Khabarhub

जेठ २९ र ३० गते ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन हुने


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस निकट श्रमिकको छाता सङ्गठन नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन आगामी जेठ २९ र ३० गते काठमाडौँमा हुने भएको छ ।

ट्रेड युनियन कांग्रेसको बिहीबार केन्द्रीय कार्यालय अनामनगरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २९ र ३० गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष एवं सम्मेलन प्रचारप्रसार समितिका संयोजक अजयकुमार राईले दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट एक हजार ६०० प्रतिनिधि सहभागी हुने जानकारी दिए ।

दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन अर्थात् जेठ २९ गते उद्घाटनसत्रमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टीका नेता डा शेखर कोइराला, गृहमन्त्री बालकृष्ण खाणलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको पहिलो दिन नै योगदानमा आधारित सामाजिक सुरक्षाबारे विषयगत सम्मेलन र श्रमिकको कार्यलयस्थलमा हुने हिंसा तथा दुव्र्यवहारसम्बन्धी आइएलओ महासन्धि, १९० बारे विषयगत सम्मेलन हुने कार्यक्रम रहेको छ ।

सम्मेलनको दोस्रो दिन बन्दसत्रको कार्यक्रम रहेको छ । बन्दसत्रमा बढ्दो महँगीका कारण श्रमिकमा परेको प्रभाव, नेपाल ट्रेड युनियन कांग्रेसको विधान संशोधनलगायतको बारेमा छलफल हुने प्रचारप्रसार समितिका संयोजक राईले बताउनुभयो । यस्तै, सम्मेलनले श्रमिकका जल्दोबल्दो वर्तमान समस्यालाई समाधान गर्ने बताइएको छ ।

ट्रेड युनियन कांग्रेसको विधानमा राष्ट्रिय महाधिवेशन सम्पन्न भएको दुई वर्षभित्र राष्ट्रिय सम्मेलन सम्पन्न गर्नुपर्ने प्रावधान भएपनि कोरोना महामारीका कारण उक्त सम्मेलन महाधिवेशन सम्पन्न भएको चार वर्षपछि हुन लागेको हो । महाधिवेशन हरेक चार वर्षमा हुने विधानमा उल्लेख छ ।

उक्त सम्मेलनले महाधिवेशनको नयाँ मिति तोक्ने कार्यक्रमसमेत रहेको उपाध्यक्ष राईले बताउनुभयो । ट्रेड युनियन कांग्रेसमा देशभरका औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत विभिन्न २७ वटा श्रमिक सङ्घ, सङ्गठन आबद्ध रहेका छन् भने चार लाखभन्दा बढी श्रमिक सदस्य रहेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ८ : ५९ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको