कुवेतमा ९८ अवैध कामदार पक्राउ  « Khabarhub

कुवेतमा ९८ अवैध कामदार पक्राउ 


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कुवेतमा आप्रवासी कामदार बेसेको ठाउँमा छापा मार्दा ९८ जना अवैध कामदार पक्राउ परेका छन् । कुवेतको आन्तरिक मन्त्रालयको राजधानी सुरक्षा निर्देशनालयले सार्वजनिक सुरक्षा क्षेत्रले सुरक्षा अभियानको क्रममा बिनीद अल-कार क्षेत्रमा छापा मार्दा ९८ जनालाई पक्राउ गरिएको जनाएको छ ।

मन्त्रालयका अनुसार पक्राउ पर्नेहरुमा आवास र श्रम कानुनको उल्लङ्घन गर्नेहरू रहेका र केही कानुनद्वारा खोजिएको व्यक्तिहरू समेत रहेका छन् । आन्तरिक मामिला मन्त्री, मन्त्रालयका सचिव र उपसचिवले जारी गरेको निर्देशनका आधारमा वान्टेड व्यक्ति र सबै राष्ट्रियताको आवास कानुन उल्लंघन गर्नेलाई पक्राउ गर्न देशका सबै प्रदेशमा सुरक्षाकर्मीले छापा मार्ने क्रम जारी रहेको सुरक्षा स्रोतलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

यस अभियानको मुख्य उद्देश्य समाजका लागि खतरा हुने भएकाले आवास तथा श्रम ऐन उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रित र नियन्त्रण गर्नु रहेको मन्त्रालयले जनाएको छ ।

कानुन उल्लङ्घन गर्ने कुनै पनि व्यक्ति भाग्न नपाउने गरी यसअघि अनुगमन गरिएका कतिपय स्थानलाई घेरा हाल्न गत साता बनाएको सुरक्षा योजनालाई सफल बनाउन गृह मन्त्रालयका सबै क्षेत्रसँगको सहकार्यमा सुरक्षा समन्वय रहेको जनाएको छ ।

कानुन उल्लङ्घनका क्रममा पक्राउ परेकाहरुलाई देश निकाला गरिने जनाएको छ । खाडी सुरक्षा सहयोगका अनुसार पक्राउ परेकाहरू पाँच वर्षको अवधिमा कुनै पनि जीसीसी देशमा फर्कन सक्ने छैनन्।

कुवेतले विभिन्न समयमा गैरकानुनी रुपमा बस्दै आएका नेपाली सहित बिदेशी नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी कुवेतमै बस्न वा सीमित जरिवाना तिरेर आआफ्नो मुलुक फर्किन दिएको समय सिममा पनि नफर्किएकाहरु विरुद्ध कडा कदम चल्दै गिरफ्तार कार्य जारी राख्ने जनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ९ : २५ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको