बैतडीस्थित पाटनको हवाई सेवा अढाइ महिनादेखि बन्द  « Khabarhub

बैतडीस्थित पाटनको हवाई सेवा अढाइ महिनादेखि बन्द 


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीस्थित पाटनको हवाई सेवा अढाइ महिनादेखि बन्द रहेको छ । गत चैत १० गते पाटन–धनगढी उडान भएपनि त्यसपछि हवाई सेवा बन्द रहेको हो । साताको एक दिन बिहीबार पाटनबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो ।

नियमितरूपमा उडान हुने गरेकामा हाल यात्रु नपाउँदा बन्द रहेको नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत चेतराज भट्टले जानकारी दिए । समिट एयरले यात्रु बढी पाइने पर्यटकीय क्षेत्रमा बढी उडान भइरहेकाले पाटन आउन नसकेको जनाएको छ । उनले भने, ‘यात्रु नहुँदा नियमित उडान गर्न सकिएको छैन, लुक्ला र जोमसोमतिर पर्यटकहरूको घुइँचो छ, उतैतिर बढी उडान भर्ने गरेको छ’ ।

अढाइ महिनादेखि बन्द रहेको हवाई सेवा अबको दुई हप्तासम्म पुनः सञ्चालनमा आउने समिट एयरका सम्पर्क व्यक्ति कृष्णदत्त भट्टले जानकारी दिए । उनले भने, ‘लुक्ला जोमसोमलगायतका पर्यटकीय क्षेत्रमा हाल उडान भइरहेको छ, उता बढी यात्रुको चाप हुने सिजन हो, अब उताको सिजन सकिँदैछ, केही हप्तापछि यता नियमितरूपमा सञ्चालन हुन्छ’ ।

अठार यात्रु क्षमताको समिट एयरको जहाजका साप्ताहिकरूपमा उडान हुँदै आएको थियो । यसअघि गत पुसदेखि पनि यहाँको हवाई सेवा बन्द भएको थियो । यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा बन्द रहेकामा फागुन पहिलो साता सञ्चालन भएको थियो ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ११ : ५४ बजे

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल