आफूलाई आक्रमण गर्नेमाथि कारवाहीको प्रक्रियाका बारेमा सांसद चौधरीद्वारा जानकारी माग « Khabarhub

आफूलाई आक्रमण गर्नेमाथि कारवाहीको प्रक्रियाका बारेमा सांसद चौधरीद्वारा जानकारी माग


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोसपाकी सांसद चन्दा चौधरीले स्थानीय चुनावका बेला आफूमाथि भएको आक्रमण गर्नेमाथि कारवाहीको प्रक्रियाका बारेमा सरकारसँग जानकारी माग गरेकी छिन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद चौधरीले आफ्नै घरमा गठबन्धनका कार्यकर्ताले आफ्नो हत्या प्रयास गरेको र ८० वर्षकी आमामाथि दुर्व्यवहार गरेको भन्दै आक्रमण गर्नेमाथि कारवाहीको प्रक्रियाका बारेमा गृहमन्त्रीसँग जानकारी माग गरेकी हुन् । त्यस्तै २७ वर्षदेखि आफ्नो घरमा आक्रमण भएको र आफ्नो दाइलाई कांग्रेसमा रहेका बेला बेपत्ता पारिएको उनले बताइन् । उनले आफ्नो परिवारमाथि आक्रमण गर्ने कानूनसम्मत दोषीलाई कारवाही गरि आफूलाई न्याय दिन माग गरिन् । 

उनले आफूमाथि भएको आक्रमणको प्रयासपछि ४० मिनेटपछि उद्धार गरिएको समेत बताइन् । चुनावमा सांसदमाथि भएको यस्तो घटना अन्य कँही पनि नभएको उनको भनाई छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  १ : ५८ बजे

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम

जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई