आफूलाई आक्रमण गर्नेमाथि कारवाहीको प्रक्रियाका बारेमा सांसद चौधरीद्वारा जानकारी माग « Khabarhub

आफूलाई आक्रमण गर्नेमाथि कारवाहीको प्रक्रियाका बारेमा सांसद चौधरीद्वारा जानकारी माग


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोसपाकी सांसद चन्दा चौधरीले स्थानीय चुनावका बेला आफूमाथि भएको आक्रमण गर्नेमाथि कारवाहीको प्रक्रियाका बारेमा सरकारसँग जानकारी माग गरेकी छिन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद चौधरीले आफ्नै घरमा गठबन्धनका कार्यकर्ताले आफ्नो हत्या प्रयास गरेको र ८० वर्षकी आमामाथि दुर्व्यवहार गरेको भन्दै आक्रमण गर्नेमाथि कारवाहीको प्रक्रियाका बारेमा गृहमन्त्रीसँग जानकारी माग गरेकी हुन् । त्यस्तै २७ वर्षदेखि आफ्नो घरमा आक्रमण भएको र आफ्नो दाइलाई कांग्रेसमा रहेका बेला बेपत्ता पारिएको उनले बताइन् । उनले आफ्नो परिवारमाथि आक्रमण गर्ने कानूनसम्मत दोषीलाई कारवाही गरि आफूलाई न्याय दिन माग गरिन् । 

उनले आफूमाथि भएको आक्रमणको प्रयासपछि ४० मिनेटपछि उद्धार गरिएको समेत बताइन् । चुनावमा सांसदमाथि भएको यस्तो घटना अन्य कँही पनि नभएको उनको भनाई छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  १ : ५८ बजे

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो

पूर्वसूचनाले घटायो बर्दियामा विपद्को क्षति

बर्दिया–  मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।