काठमाडौंको फोहोरमैला व्यवस्थापन गर्न संसदीय समिति गठन गरिने | Khabarhub Khabarhub

काठमाडौंको फोहोरमैला व्यवस्थापन गर्न संसदीय समिति गठन गरिने


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंको फोहोर व्यवस्थापनका लागि संसदीय समिति गठन हुने भएको छ । पटक पटक समस्या हुँदै आएको काठमाडौंको फोहोर व्यवस्थापनको लागि जनप्रतिनिधिसहितको संयन्त्र बन्न लागेको हो । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बलियो संयन्त्र बनाएर मात्रै समस्या समाधान गर्न सकिने बताइन् । 

शुक्रबार बिहान मन्त्रालयमा सिसडोलबञ्चरेडाँडाका स्थानीयसँग गरिएको छलफल कार्यक्रममा मन्त्री झाँक्रीले फोहोरमैला व्यवस्थापनको लागि बलियो संयन्त्र बनाउनुपर्नेमा जोड दिएकी हुन् । त्यसका लागि सरकारीभन्दा पनि जनप्रतिनिधि संलग्न रहेको समिति बनाउनु राम्रो हुने बताइन् ।  ‘हामीले बलियो संयन्त्र बनाउँछौं । मन्त्रीहरू त आउने जाने भइरहन्छ । यसका लागि माननीयज्यूहरू संलग्न समिति बनाउनु राम्रो हुन्छ । त्यसका लागि प्रधानमन्त्रीज्यूसँग पनि छलफल गर्छौ र समिति बनाएर काम अगाडि बढाउँछौ,’ मन्त्री झाँक्रीले भनिन् । 

छलफलको क्रममा बलियो संयन्त्र बनाएर अनुगमन तथा व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको थियो । नुवाकोट र धादिङका स्थानीय तहका जनप्रतिनिधिहरूले फोहोरको समस्या बेला बेला उठ्ने गरेको भन्दै त्यसको दीर्घकालीन समाधान खोजिनुपर्नेमा जोड दिएका थिए । सोही क्रममा मन्त्री झाँक्रीले मन्त्री तथा कर्मचारीहरूबाट भन्दा पनि प्रतिनिधिसभा सदस्यहरू संलग्न समिति गठन गर्दा राम्रो हुने बताइन् । त्यसका लागि प्रधानमन्त्रीसँग छलफल गरिने र संसद्‌बाट समिति गठन गरिने बताइन् । 

मन्त्री झाँक्रीले भनेको समितिको संयोजकको लागि नेकपा एमाले सांसद रामवीर मानन्धरले इच्छा व्यक्त गरेका छन् । संसद्मा बोल्दै सांसद मानन्धरले काठमाडौंको फोहोरमैला व्यवस्थापनको जिम्मा आफूलाई दिन आग्रह गरेका हुन् ।  आफ्नै अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गरेका हुन् । ‘काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुन मैले आकांक्षा गरेको थिएँ,  तर म उम्मेदवार बन्न पाइनँ । फोहोरमैलाले अहिले काठमाडौं अस्तव्यस्त ध्वस्त भइरहेको छ । सरकारसँग सभामुखमार्फत एउटा माग राख्न चाहन्छु, मेरो अध्यक्षमा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरियोस्’, उनले भने ।

काठमाडौंको फोहोर व्यवस्थापन आफूले मात्रै गर्न सक्ने उनको दाबी छ । स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको एक महिना बितिसकेको तर, फोहोरको समस्या झन दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ छ । वर्तमान सरकार बनेको पनि एक वर्ष भएको भन्दै फोहोर व्यवस्थापन गर्नका लागि एउटा इच्छा शक्ति भएको व्यक्ति चाहिएको र त्यो व्यक्ति आफू भएको बताए । 

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  २ : १० बजे

राष्ट्रसंघको भन्यो- तनाव धेरै भयो, इजरायल–इरान युद्ध रोकौँ

न्युयोर्क – इजरायलले इरानको आणविक कार्यक्रममा प्रि–एम्प्टिभ आक्रमण गरेपछि, जवाफ

‘सुपर हिरो‘ जनराको फिल्ममा देखिँदै आमिर खान

काठमाडौं – बलिउड नायक आमिर खान आफ्ना दुई महत्वाकांक्षी फिल्ममा

इजरायलमा इरानको मिसाइल आक्रमण : एक जनाको मृत्यु, ६० घाइते

जेरूसेलम – इरानले इजरायली आक्रमणको जवाफ दिन थालेको छ। शुक्रबार

शिक्षासहित संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल