कारागार निगरानीको जिम्मा पुनः प्रहरीलाई, नेपाली सेनाको टोली फिर्ता | Khabarhub Khabarhub

कारागार निगरानीको जिम्मा पुनः प्रहरीलाई, नेपाली सेनाको टोली फिर्ता


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङ कारागार बेसीसहरको सुरक्षामा खटिएको नेपाली सेना फिर्ता भएको छ ।

विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमका बेला कारागार निगरानीमा खटिएको नेपाली सेनाको टोली संक्रमण जोखिम सकिएसँगै फिर्ता भएको हो । दुई वर्षअघि कारागारको सुरक्षा दिँदै आइरहेका नेपाल प्रहरीलाई कोरोना भाइरसका कारण अन्यत्र खटाइएपछि सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको थियो ।

सेना फिर्ता भएसँगै हाल कारागार निगरानीको जिम्मा पुन: नेपाल प्रहरीले लिएको छ । तत्कालीन समयमा कोरोना संक्रमण जोखिम बढेसँगै भारतसँगको सीमा नाकामा हुने भिड नियन्त्रण तथा क्वारेन्टिनको सुरक्षामा प्रहरी केन्द्रित भएकाले सरकारको निर्णयअनुरूप कारागार सुरक्षाका लागि सेनालाई दिइएको थियो । लमजुङबाहेक अन्यत्र जिल्लामा पनि नेपाली सेनाले कारागार निगरानीको जिम्मा लिएको थियो ।

अन्यत्र जिल्लाका कारागारबाट केही महिनाअघि नै सेना फिर्ता भए पनि लमजुङमा भने स्थानीय तह निर्वाचनको समयसम्म सेनालेनै जिम्मा लिएको थियो । स्थानीय चुनावका बेला प्रहरी परिचालन गर्नुपर्ने भएकाले सुरक्षा समितिले चुनाव अवधिसम्म कारागारको निगरानी सेनाले नै गर्ने निर्णय गरेको थियो ।

चुनाव सम्पन्न भएसँगै सुरक्षा समितिको निर्णयबमोजिम कारागारबाट सेना फिर्ता भएको सुरक्षा समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । कारागार निगरानीको जिम्मा नेपाली सेनाले लिने निर्णय भएसँगै तत्कालीन समयमा बेसीसहरको उदिपुरस्थित नेपाली सेनाको श्रीजंग गणबाट खटिएका नेपाली सेनाले कारागारको निगरानी गर्दै आएका थिए ।

केही महिना अघिमात्रै श्रीजंग गणको सरुवा भएसँगै जिल्लामा आएको चण्डिप्रसाद गणले कारागारको निगरानी गर्दै आएको थियो । जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम कारागारको बाहिरी सुरक्षा सेनाले गर्दै आए पनि आन्तरिक व्यवस्थापन र अत्यावश्यक काम भने प्रहरीले नै गर्दै आएको थियो ।

सेनाको निगरानीमा रहेका बेला पनि कारागारमा रहेका कैदीबन्दीलाई अदालत, अस्पताल लैजाने ल्याउने, भेटघाटको व्यवस्थापन गर्ने काम प्रहरीले नै गर्दै आएको हो । ३५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल सात महिला र ९३ जना पुरुष गरी एक सय जना कैदीबन्दी छन् ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  २ : ३२ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान