आज यी तीन सडकखण्ड छन् अवरुद्ध  « Khabarhub

आज यी तीन सडकखण्ड छन् अवरुद्ध 


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिरोका कारण आज देशका तीन वटा सडकखण्ड अवरुद्ध बनेका छन् ।

तनँहुको आबुखैरेनी गाउँपालिका-४ मा अन्दाजी ३० मिटर सडक भासिएर मर्स्याङ्दी नदीमा खस्दा मुग्लिङ-पोखरा सवारी आवागमन आज बिहान ५ बजेबाट अबरुद्ध भएको छ ।

सडक भासिएका कारण सवारी साधनलाई पोखरा र मुग्लिङ आसपासकै क्षेत्रमा रोक्न लगाइएको छ । डुम्रे-बेशिशहर सडकखण्ड अन्तर्गत तनँहुकै भानु नगरपालिका-३ कुरकुना र १ रमाईलोडाडाँमा राती पहिरोसँगै रुख ढलेका कारण सडक अवरुद्ध भएको छ ।

मध्यरातीबाट अवरुद्ध सडक जेसीबीको सहयोगमा खुलाउने तर्फ पहल भइरहेको प्रहरी चौकी तुरतुरे तनँहुले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ मेलम्ची स्थित इन्द्रावती खोलामा निर्माण गरिएको अस्थायी सडक ईन्द्रावति नदिले आज बिहान सवा ५ बजे बगाएको छ ।

सडक बगाउदा मेलम्ची नगरपालिका ९, १० र पाँचपोखरी थाङपाल गाउँपालिका जाने सडक पुर्णरुपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

 

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  २ : ४६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्