आज यी तीन सडकखण्ड छन् अवरुद्ध  « Khabarhub

आज यी तीन सडकखण्ड छन् अवरुद्ध 


२७ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिरोका कारण आज देशका तीन वटा सडकखण्ड अवरुद्ध बनेका छन् ।

तनँहुको आबुखैरेनी गाउँपालिका-४ मा अन्दाजी ३० मिटर सडक भासिएर मर्स्याङ्दी नदीमा खस्दा मुग्लिङ-पोखरा सवारी आवागमन आज बिहान ५ बजेबाट अबरुद्ध भएको छ ।

सडक भासिएका कारण सवारी साधनलाई पोखरा र मुग्लिङ आसपासकै क्षेत्रमा रोक्न लगाइएको छ । डुम्रे-बेशिशहर सडकखण्ड अन्तर्गत तनँहुकै भानु नगरपालिका-३ कुरकुना र १ रमाईलोडाडाँमा राती पहिरोसँगै रुख ढलेका कारण सडक अवरुद्ध भएको छ ।

मध्यरातीबाट अवरुद्ध सडक जेसीबीको सहयोगमा खुलाउने तर्फ पहल भइरहेको प्रहरी चौकी तुरतुरे तनँहुले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ मेलम्ची स्थित इन्द्रावती खोलामा निर्माण गरिएको अस्थायी सडक ईन्द्रावति नदिले आज बिहान सवा ५ बजे बगाएको छ ।

सडक बगाउदा मेलम्ची नगरपालिका ९, १० र पाँचपोखरी थाङपाल गाउँपालिका जाने सडक पुर्णरुपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  २ : ४६ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु