कश्मीरमा आतंककारी आक्रमणमा हिन्दू शिक्षिकाको मृत्यु « Khabarhub

कश्मीरमा आतंककारी आक्रमणमा हिन्दू शिक्षिकाको मृत्यु


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आतंककारीले हिन्दू शिक्षिकाको हत्या गरेको भन्दै भारत प्रशासित जम्मु कश्मीरका मानवअधिकारवादी संस्थाहरुले निन्दा गरेका छन् ।

जम्मु कश्मीरको जन न्याय मोर्चाले जम्मु कश्मीरको कुलगाम जिल्लाकी शिक्षिकाको हत्याको निन्दा गरेको हो ।

आतंककारीले केही दिनअघि जम्मु क्षेत्रको साम्बाकी बासिन्दा ३६ रजनी बलाको हत्या गरेका थिए । उनको कुलगाम क्षेत्रको गोपालपोरामा आतंककारीले गोली हानी हत्या गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

आतंककारी आक्रमणमा उनी घाइते भएको र उपचारका क्रममा अस्पतालमा उनको मृत्यु भएको जनाइएको छ ।

कश्मीरको जन न्याय मोर्चाले उनको हत्याका कारण कश्मीर उपत्यकको भ्रातृत्वमा आँच आउने भन्दै आक्रमणकारीलाई तत्काल कारवाही गर्न समेत माग गरेको जनाइएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  २ : ५५ बजे

सभामुख अर्यालको आह्वान : ‘जलवायु संसदीय कूटनीति’ सुरु गरौँ

काठमाडौँ – सभामुख डीपी अर्यालले अन्तर–व्यवस्थापिका संघको १५३औँ सभालाई सम्बोधन गर्दै

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत