कश्मीरमा आतंककारी आक्रमणमा हिन्दू शिक्षिकाको मृत्यु « Khabarhub

कश्मीरमा आतंककारी आक्रमणमा हिन्दू शिक्षिकाको मृत्यु


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आतंककारीले हिन्दू शिक्षिकाको हत्या गरेको भन्दै भारत प्रशासित जम्मु कश्मीरका मानवअधिकारवादी संस्थाहरुले निन्दा गरेका छन् ।

जम्मु कश्मीरको जन न्याय मोर्चाले जम्मु कश्मीरको कुलगाम जिल्लाकी शिक्षिकाको हत्याको निन्दा गरेको हो ।

आतंककारीले केही दिनअघि जम्मु क्षेत्रको साम्बाकी बासिन्दा ३६ रजनी बलाको हत्या गरेका थिए । उनको कुलगाम क्षेत्रको गोपालपोरामा आतंककारीले गोली हानी हत्या गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

आतंककारी आक्रमणमा उनी घाइते भएको र उपचारका क्रममा अस्पतालमा उनको मृत्यु भएको जनाइएको छ ।

कश्मीरको जन न्याय मोर्चाले उनको हत्याका कारण कश्मीर उपत्यकको भ्रातृत्वमा आँच आउने भन्दै आक्रमणकारीलाई तत्काल कारवाही गर्न समेत माग गरेको जनाइएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  २ : ५५ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी