जोनीको लुक्समा अनमोल  « Khabarhub

जोनीको लुक्समा अनमोल 


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय अगाडि हलिउड अभिनेता जोनी डेप र उनकी पूर्व पत्नी एम्बर हर्ड बीचमा चलिरहेको मुद्दामा अदालतले फैसला सुनायो । एक अर्काविरुद्ध मानहानिको मुद्दा लगाएर ६ वर्षदेखि अदालतमा लडिरहेका जोनी र एम्बर दुवैलाई अदालतले दोषी ठहर गर्‍यो । कानुनी रुपमा एम्बर हर्डमाथि जोनीले जितेको निर्णय भए पनि अदालतले दुनैलाई दोषी बनायो । भर्जिनियाको अदालतले वासिङटन पोस्टमा एम्बर हर्डले अप–एड लेख्दै डीपको बदनाम गरेको भन्दै उनलाई १ अर्ब ५ करोड अमेरिकी डलर जरिवाना तिर्ने आदेश दिएको हो । उता यसको बचाउका क्रममा जोनीले पनि एम्बरको मानहानी गरेको भन्दै अदालतले उनले पनि २० लाख अमेरिकी डलर एम्बरलाई तिर्नुपर्ने फैसला सुनाएको छ ।

यो फैसलालाई जोनी पक्षले जितको रुपमा अथ्र्याए । जोनीले अदालतको निर्णयले आफ्नो जीवन फिर्ता आएको भन्दै यो लडाइँमा साथ दिने वकिलदेखि शुभचिन्तकसम्मलाई धन्यवाद दिए । यसकारण पनि जोनी पछिल्लो समय चर्चामा छन् । उनका फ्यानले खुशियाली बाडी रहेका छन् । जोनीको जितलाई सेलिब्रेट गर्ने फ्यान मध्येका एक हुन् अनमोल केसी । नेपाली फिल्ममा राम्रो फ्यान फ्लोअर्स कमाएका अनमोले उनको लुक्समा फोटोसुट गर्दै खुशियाली बाडेका हुन् । 

हलिउड फिल्म ‘एलाइस इन वन्डरल्याण्ड’ मा अभिनेता डिपको क्यारेक्टर लुक्समा फोटोसुट गर्दै अनमोलले इन्स्टाग्राममार्फत तस्वीर सेयर गरेका छन् । उनले जोनीलाई ‘ट्रिब्युट’ दिदै लेख्छन्- ‘यो एउटा तिम्रो लागि हो जोन । म्याड हेटरले भनेका थिए, ‘वास्तविकता नै जेल हो’ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ३ : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै