जोनीको लुक्समा अनमोल  « Khabarhub

जोनीको लुक्समा अनमोल 


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय अगाडि हलिउड अभिनेता जोनी डेप र उनकी पूर्व पत्नी एम्बर हर्ड बीचमा चलिरहेको मुद्दामा अदालतले फैसला सुनायो । एक अर्काविरुद्ध मानहानिको मुद्दा लगाएर ६ वर्षदेखि अदालतमा लडिरहेका जोनी र एम्बर दुवैलाई अदालतले दोषी ठहर गर्‍यो । कानुनी रुपमा एम्बर हर्डमाथि जोनीले जितेको निर्णय भए पनि अदालतले दुनैलाई दोषी बनायो । भर्जिनियाको अदालतले वासिङटन पोस्टमा एम्बर हर्डले अप–एड लेख्दै डीपको बदनाम गरेको भन्दै उनलाई १ अर्ब ५ करोड अमेरिकी डलर जरिवाना तिर्ने आदेश दिएको हो । उता यसको बचाउका क्रममा जोनीले पनि एम्बरको मानहानी गरेको भन्दै अदालतले उनले पनि २० लाख अमेरिकी डलर एम्बरलाई तिर्नुपर्ने फैसला सुनाएको छ ।

यो फैसलालाई जोनी पक्षले जितको रुपमा अथ्र्याए । जोनीले अदालतको निर्णयले आफ्नो जीवन फिर्ता आएको भन्दै यो लडाइँमा साथ दिने वकिलदेखि शुभचिन्तकसम्मलाई धन्यवाद दिए । यसकारण पनि जोनी पछिल्लो समय चर्चामा छन् । उनका फ्यानले खुशियाली बाडी रहेका छन् । जोनीको जितलाई सेलिब्रेट गर्ने फ्यान मध्येका एक हुन् अनमोल केसी । नेपाली फिल्ममा राम्रो फ्यान फ्लोअर्स कमाएका अनमोले उनको लुक्समा फोटोसुट गर्दै खुशियाली बाडेका हुन् । 

हलिउड फिल्म ‘एलाइस इन वन्डरल्याण्ड’ मा अभिनेता डिपको क्यारेक्टर लुक्समा फोटोसुट गर्दै अनमोलले इन्स्टाग्राममार्फत तस्वीर सेयर गरेका छन् । उनले जोनीलाई ‘ट्रिब्युट’ दिदै लेख्छन्- ‘यो एउटा तिम्रो लागि हो जोन । म्याड हेटरले भनेका थिए, ‘वास्तविकता नै जेल हो’ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ३ : ०९ बजे

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर