डेब्युका लागि अनमोल र प्रदीप खोज्दै नीति ?   | Khabarhub Khabarhub

डेब्युका लागि अनमोल र प्रदीप खोज्दै नीति ?  


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोडलिङको क्षेत्रमा नीति शाह स्थापित नाम नै हो । उनको सुन्दरताको चर्चा राम्रै छ । मोडलिङमै रमाइरहँदा उनलाई फिल्मको अफर भटाभट आयो। नेपालका आम चलेका ब्यानर उनलाई फिल्ममा ‘कास्ट’ गर्न तम्सिए । तर, उनले फिल्म खेलिनन् । मोडलिङसँगै एक युवासँग प्रेममा रहँदा उनलाई फिल्म खेल्ने अनुमति थिएन । यसैकारण हुन् सक्छ उनले फिल्ममा आउने छनक देखाइनन् । उनले विज्ञापन र इभेन्टमै आफूलाई सीमित राखिन् । यद्यपि पछिल्लो समय उनले फिल्ममा आउने तयारी सुरु गरिन् । 

फिल्मले दिलाउने नाम र दामकै कारण उनी फिल्म प्रति आकर्षित भएको धेरैले अनुमान गरेका छन् । उनी फिल्म खेल्ने सोच मात्र नभई आफैँ फिल्म निर्माणमा सहकार्य गर्न समेत तयार छिन् । उनले फिल्ममा डेब्यु गर्नको लागि अनमोल केसी र प्रदीप खड्का समेत रोजेकी छिन् । केही समय अगाडि नीतिले भुवन केसीलाई आफू फिल्ममा आउन तयार रहेको संदेश समेत पठाएकी थिइन् । भुवनले बनाउने भनिएको फिल्म ‘पारस’ को काम सुरु भएमा संवत उनी एक्ट्रेसमा कास्ट हुनेछिन् । यद्यपि भुवन पछिल्लो समय चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने दौडमा रहेकाले तत्कालै फिल्मको काम सुरु हुने सम्भावना छैन । 

यस्तै, नीतिले अनमोलसँग डेब्यु नभएमा प्रदीपको जोडी बन्ने सोच बनाएकी छिन् । प्रदीप खड्काको अभिनय रहने फिल्म ‘हुतुतु’ मा उनलाई अफर गरिएको थियो । त्यो समयमा उनले ‘नो’ भनिन् । तर, अहिले उनी फिल्म प्रति इच्छुक छिन् । कमेडी जनरा फिल्म बन्ने भएता पनि उनी प्रदीपको अपोजिटमा डेब्यु गर्न तयार छिन् । यद्यपि नीति रोमान्टिक लभ स्टोरी मार्फत नै फिल्ममा पाइला चाल्न चाहन्छिन् । कुनै समय निर्माता तथा निर्देशकहरुले सम्पर्क गर्दा समेत फिल्मको लागि खासै नसोच्ने नीति अहिले भने आफैँ प्रतिष्ठित ब्यानरसँग जोडिन आतुर छिन् । उनलाई अचानक फिल्ममा आउने ‘हतारो’ किन भएको हो ? यो भने निर्माता तथा निर्देशकहरूले बुझ्न सकेका छैनन् ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ३ : २३ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय