डेब्युका लागि अनमोल र प्रदीप खोज्दै नीति ?   « Khabarhub

डेब्युका लागि अनमोल र प्रदीप खोज्दै नीति ?  


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोडलिङको क्षेत्रमा नीति शाह स्थापित नाम नै हो । उनको सुन्दरताको चर्चा राम्रै छ । मोडलिङमै रमाइरहँदा उनलाई फिल्मको अफर भटाभट आयो। नेपालका आम चलेका ब्यानर उनलाई फिल्ममा ‘कास्ट’ गर्न तम्सिए । तर, उनले फिल्म खेलिनन् । मोडलिङसँगै एक युवासँग प्रेममा रहँदा उनलाई फिल्म खेल्ने अनुमति थिएन । यसैकारण हुन् सक्छ उनले फिल्ममा आउने छनक देखाइनन् । उनले विज्ञापन र इभेन्टमै आफूलाई सीमित राखिन् । यद्यपि पछिल्लो समय उनले फिल्ममा आउने तयारी सुरु गरिन् । 

फिल्मले दिलाउने नाम र दामकै कारण उनी फिल्म प्रति आकर्षित भएको धेरैले अनुमान गरेका छन् । उनी फिल्म खेल्ने सोच मात्र नभई आफैँ फिल्म निर्माणमा सहकार्य गर्न समेत तयार छिन् । उनले फिल्ममा डेब्यु गर्नको लागि अनमोल केसी र प्रदीप खड्का समेत रोजेकी छिन् । केही समय अगाडि नीतिले भुवन केसीलाई आफू फिल्ममा आउन तयार रहेको संदेश समेत पठाएकी थिइन् । भुवनले बनाउने भनिएको फिल्म ‘पारस’ को काम सुरु भएमा संवत उनी एक्ट्रेसमा कास्ट हुनेछिन् । यद्यपि भुवन पछिल्लो समय चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने दौडमा रहेकाले तत्कालै फिल्मको काम सुरु हुने सम्भावना छैन । 

यस्तै, नीतिले अनमोलसँग डेब्यु नभएमा प्रदीपको जोडी बन्ने सोच बनाएकी छिन् । प्रदीप खड्काको अभिनय रहने फिल्म ‘हुतुतु’ मा उनलाई अफर गरिएको थियो । त्यो समयमा उनले ‘नो’ भनिन् । तर, अहिले उनी फिल्म प्रति इच्छुक छिन् । कमेडी जनरा फिल्म बन्ने भएता पनि उनी प्रदीपको अपोजिटमा डेब्यु गर्न तयार छिन् । यद्यपि नीति रोमान्टिक लभ स्टोरी मार्फत नै फिल्ममा पाइला चाल्न चाहन्छिन् । कुनै समय निर्माता तथा निर्देशकहरुले सम्पर्क गर्दा समेत फिल्मको लागि खासै नसोच्ने नीति अहिले भने आफैँ प्रतिष्ठित ब्यानरसँग जोडिन आतुर छिन् । उनलाई अचानक फिल्ममा आउने ‘हतारो’ किन भएको हो ? यो भने निर्माता तथा निर्देशकहरूले बुझ्न सकेका छैनन् ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ३ : २३ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम