ओखलढुंगा र जाजरकोटबाट अवैध हातहतियार बरामद | Khabarhub Khabarhub

ओखलढुंगा र जाजरकोटबाट अवैध हातहतियार बरामद


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओखलढुंगा र जाजरकोटबाट प्रहरीले अवैध हातहतियार बरामद गरेको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–६ जन्तरखानी माथिल्लो मैदाने बस्ने ३५ वर्षीय कामे शेर्पालाई एक थान भरुवा बन्दुक सहित बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र अस्थाई प्रहरी पोष्ट ठाडेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । जाजरकोटको छेडागाड नगरपालिका–५ चंखेलास्थित झाडीमा लुकाई राखेको एक नाल भरुवा बन्दुक शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । 

झाडीमा लुकाई राखेको बन्दुक इलाका प्रहरी कार्यालय वडाबनबाट गस्ती गइरहेको प्रहरीले फेला पारी बरामद गरेको हो । 

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ३ : ४० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’