सडक भासिएर अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो « Khabarhub

सडक भासिएर अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत आबुखैरेनी–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

तनहुँको आबुखैरेनी ४ को सडक भासिएपछि शुक्रबार सबेरैबाट बन्द राजमार्ग दिउँसो अपरान्हबाट एकतर्फी सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

सडकको भित्ता काटेर बाटो खुलाइएको हो । साना सवारीलाई एकतर्फी आवागमन गर्न दिइए पनि ठूला सवारीलाई सो क्षेत्रमा प्रवेश दिइएको छैन ।

सडक भासिँदा केही सवारी बेपत्ता भएको र खोजीपछि दुई पुरुषको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ४ : ०४ बजे

तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ : कति पुग्यो मूल्य ?

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको

झापा-५ का मतदातासँग भलाकुसारीमा जुटे बालेन

काठमाडौं – झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा