‘पानीफोटो’ ले देला त मलिकालाई राहत ? « Khabarhub

‘पानीफोटो’ ले देला त मलिकालाई राहत ?


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा स् द म्युजिकल भ्ल्ग’ मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले दोस्रो फिल्म ‘पानीफोटो’ मा समेत अभिनय गरिसकेकी छिन् । तेस्रो फिल्म ‘सत्यम्’ मा अभिनय गर्ने वर्कशपमा समेत सहभागी भएकी मलिकाले फिल्म छाडिन् । उक्त फिल्म अझै बन्न सकेको छैन ।

उनले पनि अझैँ फिल्ममा अभिनय गर्न सकेकी छैनन् ।  फिल्म मार्फत रङ्गीन दुनियाँमा उदाएकी भएता पनि उनलाई म्युजिक भिडियोले लोकप्रियता दियो । उनले अभिनय गरेका भिडियोले दर्शकको मन जित्यो । ‘फूलबुट्टे’ सारी’ मार्फत भिडियोमा उदाएकी मलिकालाई आँखामा आउने सपनी, टाढा भए पनि, तिम्रो मनमा ए कान्छा लगायतका गीतमा दर्शकले सर्वाधिक रुचाएका छन् । म्युजिक भिडियोमा खोजिने नाम बनिसक्दा पनि फिल्मबाट भने उनलाई चित्त बुझ्दो अफर आउन सकेको छैन । 

उनले अभिनय गरेको फिल्म ‘पानीफोटो’ आउँदो साउन १३ मा प्रदर्शन हुँदैछ । फिल्ममा अभिनय गर्नु अगाडि उनले अडिसन समेत दिएकी थिइन् । फिल्मका अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले उनले भूमिकालाई न्याय गरेकै कारण कास्ट गरेको बताएका छन् । ‘मलिकाको सुन्दरता अभिनयमा पनि देखिनेछ’ उनले एक अन्तर्वार्ताको क्रममा भनेका थिए । यद्यपि अभिनय गर्न नसकेकै कारण उनी एक प्रतिष्ठित ब्यानरमा अटाउन सकिनन् । अडिसन समेत दिएकी मलिकाले निराश हुनु पर्‍यो । म्युजिक भिडियो झैँ फिल्ममा पनि सफलता खोजिरहेकी मलिकालाई ‘पानीफोटो’ ले कसरी स्थापित गर्छ रु यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ४ : ४७ बजे

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम