बलिउड सेलेब्सको यस्तो छ ‘लक्की चार्म’  « Khabarhub

बलिउड सेलेब्सको यस्तो छ ‘लक्की चार्म’ 


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड सेल्बेसहरु भाग्यमा विश्वास गर्छन । उनीहरूको ‘गुड लक’ भनौँ वा लक्की चार्म केही न केही हुन्छ । प्राय सेलेब्सले आफ्नो लक्की चार्मलाई युज गर्ने गर्छन । त्यहीकारण उनीहरू आफ्नो फिल्मको सफलता होस् वा जिन्दगीको सफलताका लागि आफ्नो ुलक्की चार्म’ लाई सँगै लिएर हिँड्ने गर्छन् ।

अभिनेता सलमान खानको ‘लक्की चार्म’ उनको ब्रास्लेट हो । फिरोजा पत्थर जडित सलमानको ब्रास्लेट उनका लागि भाग्यशाली छ । सलमानले आफैँ पनि ब्रासलेटका कारण अरुको खराब नजरबाट आफू बच्ने गरेको बताउने गरेका छन् । त्यसैले उनले प्राय फिल्ममा ब्रास्लेटको प्रयोग गर्ने गरेका छन् । उनले पछिल्लो केही फिल्ममा ब्रास्लेट फुकालेका थिए । केही हिट भएता संख्यात्मक हिसाबले फ्लपको संख्या बढी छ । अभिनेत्री कट्रिना कैफ आफ्नो फिल्म रिलिज हुँदाको समय अजमेर सरिफ जान्छिन् र आशीर्वाद लिन्छिन् । अभिनेत्री विद्या वालनलाई इभेन्ट वा पार्टीमा सुन्दर गाजलमा देखिने गर्छिन् । पाकिस्तानमा बन्ने गरेको हाशमी गाजलमा उनी विश्वास गर्छिन् । उनी यो गाजल आँखाको शोभा बढाउन मात्र होइन भाग्यका लागि पनि लगाउँछिन् ।

अभिनेत्री काजोललाई आफ्नो डायमन्ड स्टडेड ओम औँठीमा आफूलाई भन्दा बढी विश्वास छ । यो औँठी उनलाई पति अजय देवगणले उपहार दिएका हुन् । काजल यो औँठीलाई दाहिने हातको औँलामा लगाउँछिन् । काजलका अनुसार यो औँठीले उनलाई शान्त रहन सहयोग पुर्‍याएको छ ।अभिनेता अजय देवगणको वास्तविक नाम विशाल थियो, तर अभिनयमा पाइला चालेपछि उनले यो नाम बदलेर अजय राखे । उनले आफ्नो सरनेमबाट ‘ब’ पनि हटाएका छन् । यही हटाएको नामले उनलाई सफलताको शिखरमा पुर्याएको विश्वास गरिन्छ । अभिनेत्री शिल्पा शेट्टी आध्यात्ममा बढी रुचि राख्छिन् । उनले आफ्नो दाहिने हातको औँलामा पन्ना जडित औँठी लगाएकी छन् । यो उनलाई आमाले उपहार दिएकी हुन् । शिल्पाको अनुभवमा औँठीका कारण उनको करियरमा नयाँ आयाम दिएको छ ।

अभिनेता रणवीर सिंह खुट्टामा कालो धागो बाँध्छन् । रणवीर बारम्बार बिरामी हुने गरेपछि उनकी आमाले खुट्टामा धागो बाँधिदिएकी थिइन् । यो धागो बाँधेपछि उनी बिरामीमुक्त भएका थिए ।अभिनेत्री दीपिका पादुकोण आफ्नो हरेक फिल्म रिलिजअघि सिद्विविनायक मन्दिर पुग्छिन् । यो मन्दिरप्रतिको उनको विशेष आस्था छ । अभिनेता अमिताभ बच्चन बलिउडका बिग बि सफल कलाकारमा पर्छन् । तर, बलिउडका यी महानायकको कुनै बेला आर्थिक रुपले दयनीय अवस्था थियो । उनले फिल्म पनि पाइरहेका थिएनन् । यसपछि उनले निलम जडित औँठी लगाए । त्यसपछि मात्र उनले फिल्मबाट अफर पाउन थाले । अभिनेता शाहरुख खान आफ्ना लागि ‘५५५’ नम्बर भाग्यशाली मान्छन् । उनको गाडीको नम्बर प्लेटमा पनि यही संख्या छ । उनले फिल्म ‘चेन्नई एक्सप्रेस’ मा आफ्नो बाइकको लाइसेन्स प्लेट नम्बरमा पनि ‘५५५’ नै जोडेका थिए ।

अभिनेता अमिर खानका लागि भाग्यशाली महिना डिसेम्बर हो । उनका हरेक फिल्म क्रिसमस या यसको आसपास रिलिज हुन्छ । यो महिना रिलिज उनका फिल्मले बक्सअफिसमा हिट व्यापार गरेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ५ : ०६ बजे

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई पद

त्रिविको निमित्त उपकुलपति बने प्रा. डा. सुशील बज्राचार्य

काठमाडौं- सरकारले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा इन्जिनियरिङ अध्ययन संस्थानका डीन

‘सीमा विवाद होइन, लिपुलेक-लिम्पियाधुरा-कालपानी अतिक्रमित भूमि हुन्’

काठमाडौं- दार्चुलाबाट निर्वाचित नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

नयाँ दिल्ली- घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि

ट्रम्पसँगै चीन पुगे दर्जन अमेरिकी खर्बपति : एलन मस्कदेखि एनभिडियाका जेन्सन हुआङ

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुग्दा अर्बपति अमेरिकी कार्यकारीहरूको